सञ्चारकर्मीमाथि हुने दुर्व्यवहार बिरुद्धको प्रशिक्षण कार्यक्रम आज सकिने

डेली न्युजराप्ती       १७ मंसिर २०७९ ०७:४७ मा प्रकाशित     131 No Comments

तुलसीपुर,१७ मंसिर । दाङको घोराहीमा सञ्चारकर्मीमाथि हुने दुर्व्यवहार विरुद्धको प्रशिक्षण कार्यक्रम हिजो शुक्रबारबाट सुरु भएको छ । मानव अधिकार सञ्चार प्रतिष्ठान नेपालको आयोजना तथा युरोपियन युनियनको सहयोगमा दुई दिने प्रशिक्षण कार्यक्रम सुरु भएको हो । पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षता तथा मानव अधिकार सञ्चार प्रतिष्ठान का प्रमुख कामना न्यौपानेको स्वागत मन्तव्यबाट कार्यक्रम सुरु भएको हाे ।

पहिलो दिन अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको महत्व , फरकपना, सम्पादकीय स्वतन्त्रता लगायतका विषयमा प्रशिक्षण दिइएको थियो । कार्यक्रममा पत्रकार महासंघ दाङ शाखाका सचिव आर के शीतल ,उपाध्यक्ष बसुन्धारा गौतम, सहसचिव दिप्तीशीखा चौधरी लगायत बिभिन्न सञ्चार माध्यममा आबद्ध पत्रकारहरूको सहभागिता रहेको थियो । कार्यक्रम आज शनिबारसम्म सञ्चालन हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार