सहिद क.महानलाई यसरी सम्झिए सहयोद्धा राजकुमारले

डेली न्युजराप्ती       १० श्रावण २०७८ २२:१६ मा प्रकाशित     775 No Comments


प्रकाशित मिति जेष्ठ १६, २०७६ -राज कुमार क्षेत्री
निशब्द छु, भाव्हिवल छु, बिक्षिप्त छु, तपाईंसंगका विगतका सहकार्यहरुले घोचिरहेका छन्, पोलिरहेका छन्, कल्पना नगरेकै कुरा संमवन्धित र जम्मेवार क. बाट तपाईंको शहादतको खबर सुनें लाग्यो सपना हो कि विपना ! अाकाश खसेर थिचे जस्तो धर्ति भासिए जस्तो भयो, विश्वास लागेन तर पनि जानकारी सम्वन्धित र जिम्मेवार क. बाट नै अाएको थियो समाजिक संजाल खोले तिम्रो फोटो सहितका हार्दिक श्रद्धाञ्जली लेखेर पोष्टियर समाजिक संजाल भरिएको देखे बिश्वास गर्नै पर्यो बिवश भए बिश्वास गर्न ।
प्रिय क. महान तपाईंसंग चिनजान र सहयात्रा गर्ने अबसर जुटेको थियो १० वर्षे जनयुद्धका ती अाँधि तुफान भिमकाय लडाईका मोर्चाहरुको वेला सायद तपाईं हामी तत्कालिन जनमुक्ती सेना नेपालको मध्य डिभिजन अन्तर्गत मंगलसेन स्मृति व्रिगेड २० नम्वर वटालियनमा संगै रहेर देश र जनताको मुक्तिको खातिर भन्दै थुप्रै लडाईका योजनाहरु दृढता र कुशलताका साथ कार्यन्वयन गर्ने भन्दै अाफ्ना जिम्मेवारीलाई पुरा गर्ने हर कोसिस गरिरहेका हुन्थ्यौ । जहिले पनि अाफ्नो जिम्मेवारीलाई गम्भीर र निर्भिकताका साथ पूरा गर्ने तिमी जनता र देशप्रति जहिले पनि ईमान्दार र वफादार रही अाफ्ना बेक्तीगत ईच्छा चहाना र अाबश्यकतालाई गौन र सामान्य सम्झने तिमी निरनन्तर जनताकै लागि सोच्थ्यौ देशकै लागि सोच्थ्यौ र योगदान पनि देशकै लागि गर्यौ त्यो दिनदेखि अाजसम्म आउदै गर्दा समयले धेरै रंगहरु फेरवदल गर्यो समयले हिजो तपाईं हामीलाई बर्गिय मुक्ती र जनबादी क्रान्तिका मिठा र गुलिया शैद्धान्तिक ज्ञान बैचारीक खुराक दिने तत्कालिन पार्टीका सर्बोच्च तपाईं हामीले अार्दश र अविभावक ठानेका अहिलेका पथ भ्रष्ट धोकेवाज गद्दार र भ्रष्टचार र दलाल संसदिय ब्यबस्थाका मतियार प्रचण्डहरुले नेपाली क्रान्तिलाई धोका दिन पुगे जनयुद्धले स्थापित गरेका मूल्य मान्यता र अार्दश मात्र हैन जनता र देशप्रति बेईमानि गरेर देश जनता र हाम्रा सपनाहरुलाई सुकिला मुकिलाहरुको काठमाण्डौ सहरमा लिलाम गर्दै दुर्गन्धित रसातलमा फाल्दै अाए नेपाली क्रान्तिलाई लक्ष्यमा नपुराउदै बिच वाटोमा अलपत्र पारे र हिडेपछी हाम्रो लक्ष्य उद्धेश्य अार्दश जनता र देश प्रति गरेका वाचाहरु कहाँ भुल्न सकिन्थ्यो र तपाईं हामीले पटक्कै भुल्न सकेनौ हामीले बिद्रोह गर्यौ त्यसको नेतृत्व क. बिप्लवले गर्नु भयो हामी लक्ष्य चुम्ने नयाँ अभिलासा सहित फेरि पनि मुक्तिका सपना देख्न थाल्यौ देश र जनतालाई मुक्त गर्ने सपनाहरु देख्न थाल्यौ र दृढ अठोट बोक्न थाल्यौ अनि बोक्यौ रातो झण्डा लाग्यौ निरनन्तर क्रान्ती र परिवर्तनको पक्षमा उभिने संकल्प गर्दै अाफ्नो वर्ग जनता र देशलाई धोका नदिने बरु बलिदान स्विकार गर्ने भन्दै एकीकृत जनक्रान्तिको नयाँ र मौलिक अार्दशलाई पक्ष्याउदै एकीकृत जनक्रान्तिको यात्रामा ।
प्रिय क. महान हामीलाई थाहा थियो क्रान्तिलाई पुर्णता दिदै गर्दा वलिदान हुन्छ भन्ने कुरा हामी मृत्यु पत्रमा हस्ताक्षेर गरेरै अान्दोलन र क्रान्तिमा होमिएका थियौ तर यति छिटो मृत्यु तिम्रो भागमा पर्ला भन्ने कल्पना सायद हामी कसैले गरेका थिएनौ नसोचेकै भयो हामी मर्माहत छौ! बिक्षिप्त छौ! सोकाकुल छौ ! फेरि पनि हामीले संकल्प गरेका छौ तिम्रो सपना पूरा गरे रै छाड्ने हामीले सपानहरुको हत्या हुन दिने छैनौ निरन्तर क्रान्तिपथ पछ्याउने दृढता व्यक्त गर्न चहान्छु ।
प्रिय क. महान बन्द सफल पार्न पार्टीको निर्देशन कार्यान्वन गर्ने शिलशिलामा काठमाण्डौ त्यो पनि दलाल संसदिय व्यवस्थाको अड्डा सिहंदरवारसंगै जोडिएको त्यो संवेदनशिल ठाउमा अान्तरिक दुर्घटना भयो तपाईं लगायत ४ जना साथिहरुको वलिदान भयो केही साथिहरु घाईते हुनुभयो देश भर हल्ला भयो दलाल, भ्रष्ट धोकेवाजहरुको सातो गयो देश, सिंगो देश तरंगित भयो जनता र राष्ट्रवादी शक्ति देश भक्तहरुमा अाशाको रक्तसंचार भयो देशमा दलालहरुको भबिश्य लामो छैन भन्ने कुराको बोध र अाभाष भयो यो संदेश देश भरका श्रमजिवि जनतासम्म पुग्यो यो बर्गिय समाजमा तिमि हामीले नेतृत्व गरेको बर्गले होनहार देशको सपूत गुमाएको पिडा महशुस गरिरहेको छ, दलालहरुको प्रतिनिधित्व गर्नेहरु केही हर्ष खुसियालि पनि छाएको होला सायद त्यसैको अभिब्यक्ती हो फाँसिवादी दलाल सरकारका प्यादा कतिथ गृहमन्त्री वादलले त उक्त दुर्घटानमा वलिदान गर्नुहुने तपाईं देशका सपूतहरुलाई नेपाली नागरीक हुन भनेर पनि नेपाली नागरिकको दर्जा दिन मानेन खैर तीनले दिने र नदिनेसंग हामीलाई सरोकार छैन हामी हाम्रो लक्ष्य र उद्धेश्य प्रति निरनन्तर लाग्ने छौ तपाईं लगायत बलिदान दिने सबै महान सपूतहरुको सपना पूरा गर्न एकीकृत जनक्रान्तीको यात्रामा अबिचलित भै लागि रहने छौ । हामी के हौ हाम्रो पहिचान केहो हामीले गर्न खोजेको केहो देश र जनताले अनुभत गर्ने गरि भबिश्यले फैसला गर्ने छ । त्यति वेला तपाईं महान कहलिनु हुने छ, देशको सच्चा सपूत कहलिनु हुनेछ महान हुनुहुनेछ । तपाईंको बलिदान देश र जनताकै लागि हो भन्ने कुरा ईतिहास सिद्ध हुनेछ ।
अन्त्यमा प्रिय क. महान तपाईं लगायत सम्पुर्ण सहिदप्रति हार्दिक श्रद्धाञ्जली !!

एकीकृत जनक्रान्तिका सहिद गोकुल राणा(क.महान)

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार