चेतना, संस्कार र राजनीतिक दुर्गन्ध

डेली न्युजराप्ती       ९ श्रावण २०७८ ११:३८ मा प्रकाशित     479 No Comments

फाल्गुन १७, २०७७ – हेमन्त जि.सी.
मानव समाज सभ्य र समुन्नत बनाउने कुरा चेतना र संस्कारमा परिस्कृत बनाउदै युवा पिढीले नेतृत्व गर्ने र अर्काे पिढीलाई थप खाेज र निर्माणकाे उत्प्रेरणा दिदै पुस्ता हस्तान्तरण गर्ने विषय हाे । प्राकृतिक नियमहरुकाे जगमा टेकेर वैज्ञानिक र उन्नत चेतना र संस्कार निर्माण नयाँ पिडिकाे हुनुपर्ने हाे तर विगतदेखि अहिले वैज्ञानिक भनाउदाे युगसम्म मानव समुदायमा त्याे चेत र संस्कार विकसित हुन नसक्नु दुर्भाग्य हाे ।
चेतना : मानव भएर जन्मेपछि प्राकृतिक नियमहरुकाे रक्षा र विकास गर्दै मानव समाजलाई कसरी सभ्य, समुन्नत, समृद्धसाली र समानतामुलक बनाउन सकिन्छ भन्ने साेच / विचारकाे दृष्टिकोण चेतना हाे । मानविय चेतकाे आधारमा जीवन र जगतलाई हेर्ने दृष्टिकोणकाे निर्माण हुन्छ । मानव समाजकाे सामुदायकीकरणकाे सुरुवातदेखि नै समाज दुई वर्गमा विभाजित छ । बलियाे र निर्बलियाे यसरी बलियाेले निर्बलियोलाई दमित बनाउने र आफुले रजाई रच्ने संस्कार बसाल्दै आयाे । बद्लिदाे समय क्रमसँगै समानताकाे लडाईहरु चल्दै आउदा समाज हुदा खाने र हुने खाने वर्गमा रुपान्तरित भयाे तर चेतना उठ्न नसक्दा लडाइहरु विजयउत्कर्षकाे चुलिबाट समुद्रको फेदिमा पुग्ने गरि ढलाउदै लगियाे । यसकाे मुख्य कारण नै हिजाे देखिकाे दमित संस्कारबाट अलगिन नसक्ने सामन्त निम्न पुजिवादी चेतना हाे ।
संस्कार : मानव समाजलाई युगसापेक्ष सभ्यताको स्कुल दिने चेतना संस्कार हाे । सत्य, तथ्य र न्यायकाे चेतमा नयाँ निर्माणकाे विगुल फुक्दै समाजलाई उन्नत्ताकाे मापन गराउने मापनयन्त्र संस्कार हाे ।
राजनीति :- चेतना र संस्कारलाई समय सापेक्ष बनाउने र समाजलाई नेतृत्व दिने मुल नीति राजनीति हाे । तर राजनीतिलाई सामन्त निम्न पुजिवादी चेत र संस्कारले नेतृत्व गर्दा आज संसारभर गरिखाने वर्गले दुखित र दमित जीवन जिउन विवश छन । त्यहि उल्टाे विषयलाई सुल्टाे बनाउने अभियानमा लाखाैले जीवन दान गरे तर नव युवाहरुमा पुरानाे चेत र संस्कार भन्दामाथि उठ्न नसक्ने प्रवृत्तिले गर्दा आज पनि संसारमा दुई वर्गबिच लडाई लड्ने दुर्भाग्यपूर्ण बाटाे हिड्न गरिखाने वर्ग विवश छ । त्यही दुर्भाग्यकाे सिकार हाम्राे देश र समाज स्वभाविक रुपले परेकाे छ । आज पनि हाम्रा देशका नव युवाहरुमा नयाँ चेतना र संस्कारकाे विकाश हुन नसक्दा देशले पाउनु दु:ख पाएकाे छ । आजकाे युगमा पनि नवयुवाहरु कसैकाे अन्धभक्त झाेले बन्ने, नेतृत्वलाई देवत्वकरण गर्ने र पैसामा बिक्ने प्रवृति हावी हुदा चेतना र संस्कार मात्र हाेइन राजनीति दुर्गन्धित बनेकाे छ । जब राज्यकाे मुल नीति नै असफल भएर राष्ट्र नै विलिन हुने अवस्था आउँछ अनि त्याे पैसा वा नव युवाहरुले पनि देवता ठानेका नेतृत्वकाे के नै औचित्य रहन्छ । एउटा गम्भीर प्रश्न आजकाे युगदेखी अनुत्तरित भएर उत्तरकाे खाेजिमा सुदुरक्षितिजकाे एउटा आँखिझ्यालबाट चियाई रहेकाे छ । हाे आज नवयुवाहरुमा नया चेतना र संस्कारकाे खाेज अनुसन्धान र निष्कर्ष निकाल्ने र समाजलाई वैज्ञानिककिकरण गर्दै लग्ने चेत पलाउन नसक्दा उहीँ पुरानै चेतना र संस्कार सहितकाे नेतृत्वबाट दमित मानसिकताले हामी हाम्राे राजनिति दुर्गन्धित भएकाे छ ।
यसरी समाजलाई उन्नत र समानतामुलक समृद्धिमा उभ्भाउने चेतना र संस्कारकाे वैज्ञानिकरण नयाँ / नयाँ खाेजकाे खानि नवयुवाहरु हुन । नव युवाहरुले कसरी साेच्छन र खाेजकाे विषयमा प्रवेश गरि निस्कर्ष निकाल्छन् भन्ने कुराले त्याे समाजकाे चेतना र संस्कारकाे परिचय दिन्छ । त्यसैले महान नेता माओत्सेतुङले भन्नू भएकाे छ ” हे युवाहरु हाे याे देश तिमीहरुकाे हाे हुन त हाम्राे पनि हाे तर खासमा तिमीहरुकै हाे किनकी तिमी भनेका उदाउदाे सुर्य हाै हामी अस्ताउदाे ” मतलव युवाहरुकाे चेतना र उक्त चेतनाले समाजमा बसाउने संस्कारले समाजलाई जुन प्रभाव पार्छ बृद्धहरुकाे चेतनाले कम पार्छ किनकी युवाहरुमा नयाँ चेतना र संस्कारकाे विकास हुन्छ वृद्धहरुमा पुरानै चेत र संस्कार त्यसैले समाज डाेराउने नै नयां चेतनाले हाे पुरानाेले त अस्ताउदाे बाटाे पकड्छ । दुर्गन्धित मानसिकताकाे उपज रगत देख्न नसक्ने तर मासु असाधै खान खाेज्नेहरुकाे जमात मतलव दुख नगर्ने सुख खाेज्ने , परिवर्तन खाेज्ने तर आफुले नगर्ने निम्न पुजिवादी चिन्तनले ग्रसित चेत र संस्कारकाे सिकार बनेकाे छ देश । त्यसैकाे प्रभावमा लक्ष्यहिन व्यअर्थ पैसा र पावरकाे खाेजिमा चेतहिन कसैकाे अन्धभक्त भारदार बनेर आफू, समाज र सिङ्गाे मुलनितिलाई नै बद्नामित र दुरगन्धित बनाएकाे छ । यदि देश र समाजलाई साच्चिकै विकसित गर्ने हाे भने विना कुनै आग्रह पुर्वग्राह सत्य , समानता , न्याय र समृद्धिकाे लागि नयाँ चेत र संस्कारकाे राकाे बाेक्ने साहस सम्पुर्ण युवाहरुले गर्नुपर्छ न कि कसैकाे अन्धभक्त पिछलग्गु भएर त्यसैले नवयुवाहरुले एक पटक गहिराे गरि साेच्ने बदलिने र समाजलाई पनि बदल्ने आट र अठाेट गर्ने समय ढिला भई सक्याे अलिक छिटाे जागाै उठाै सभ्य समाज निर्माणकाे महान दिशामा अघि बढाैं ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार