अरुले करोडौ खर्च गर्दा हामीले शुन्य खर्चबाट चुनाव सम्पन्न गर्यौ, एउटा सपना अझै अपुरो छ: आदर्श

डेली न्युजराप्ती       २ जेष्ठ २०७९ १५:३२ मा प्रकाशित     1107 No Comments

गंगादेव-३ मा नेकपा समर्थित ४ जना वडा सदस्य पदका स्वतन्त्र उम्मेदवार निर्वाचित
जेठ २,दाङ। नेकपाका केन्द्रीय सदस्य रोल्पा गंगादेव गाउँपालिका स्वतन्त्र उम्मेदवार चुडामणी वली ‘आदर्श’ले प्रेस बिज्ञप्ति जारी गर्दै मतदाताहरुलाइ धन्यवाद दिएका छन।
गंगादेव गाउँपालिका स्वतन्त्र अध्यक्ष पदका उम्मेदवार समेत रहेका नेकपाका केन्द्रीय सदस्य आदर्शले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचन २०७९ लाई कार्यनीतिक रुपले प्रयोग गर्ने नेपाल कम्युनिस्ट पार्टीको निर्णय अनुसार आफुहरुलाइ स्वतन्त्र उम्मेदवारको रुपमा गंगादेव गाउँपालिका अध्यक्ष लगाएत सबै पदमा सहभागी हुने अवसर प्राप्त भएको बताए।

बिज्ञप्तिमा निर्वाचनमा बिश्वास गरेर मतदान गर्नुहुने मतदातहरु,देश बिदेशबाट नैतिक तथा समर्थन गर्नुहुने आदरणीय जनसमुदायहरुप्रती हार्दिक धन्यवाद ज्ञापन गरिएको छ।

बिज्ञप्तिमा भनिएको छ– ‘नेतृत्व चयन गर्ने चुनावी मैदानमा भएका आर्थिक चलखेलहरुले जनतालाई ठुलो क्षती पुर्याएको छ । तर हाम्रो अनुसासन, प्रतिबद्धता, आर्थिक मितव्ययिता र सु-सभ्य सहितको चुनावी प्रचारप्रसारले नेपालमै नमुना चुनावी प्रचारप्रसार सहितको सु-संस्कृति बसालेका छौ अरुले करोडौ खर्च गर्दा हामीले शुन्य खर्चबाट चुनाव सम्पन्न गर्यौ, यो हाम्रो असली कम्युनिष्टको सभ्यता र पहिचान हो, आदर्शवान र प्रगतिशील सोँच बोकेका मतदानहरु हुन । तिनै मतदाताद्वारा गंगादेवको ३ नम्बर वडामा ४ जना स्वतन्त्र वडासदस्य उम्मेदवारहरु बिजयी भएका छौ।’

आदर्शद्वारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ– ‘अन्य पार्टीहरुले चुनाव जित्ने नाममा राष्ट्रघाती एमसीसी पासगरेर अमेरिकाबाट भित्र्याईएको अरबौं रकमद्वारा प्रतिव्यक्ति ५ देखि १० हजार नगत वितरण गर्दै चुनाव जित्ने र हार्ने गरेका छन, यसको कुनै अर्थ छैन यो प्रचलन राष्ट्रघाती, जनघाती, भ्रष्ट उन्मुख प्रचलन हो । यो हामी र हाम्रो स्वतन्त्र उम्मेदवारको सत्यता माथिको दावी हो अव सबैले एकपटक घरघरमा समिक्षा गरौँ। यस्तो विकृतिले हाम्रो समाज र देशलाई अझै ठुलो क्षेती गर्नेछ र मानव समाज सभ्यता र सुशासन भन्दा धेरै टाढा पुग्नेछ।’

भ्रष्टाचार मुक्त, सुशासन युक्त बैज्ञानिक व्यबस्था निर्माणको एउटा सपना अझै अपुरो रहेको छ । त्यो अपुरो सपनालाई पुरा गर्ने प्रतिबद्धतासंगै तपाईहरुसंग संधै सहकार्य गर्नेछौ,बिज्ञप्तिमा भनिएको छ।
नेकपाको समर्थनमा गंगादेव गाउँपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका आदर्शले १५७३ मत प्राप्त गरि पराजित भएका हुन।

बिज्ञप्तिको पुरापाठ:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार