तुलसीपुर उपमहानगरपालिका– १ मा माओवादी विजयी

डेली न्युजराप्ती       ५ जेष्ठ २०७९ ०६:४० मा प्रकाशित     322 No Comments


तुलसीपुर ४ जेठ । तुलसीपुर उपमहानगरपालिका– १ मा गठबन्धनको तर्फबाट माओवादी विजयी भएको छ । माओवादीका हुमाकान्त सापकोटा ११५७ मत प्राप्त गरेर वडा अध्यक्षमा विजयी हुनुभएको हो । उहाँका प्रतिद्धन्दी एमालेका लक्ष्मण भण्डारीले १०३६ मत प्राप्त गर्नुभएको थियो । यस अघि एमालेबाट लक्षमण भण्डारीले विजयी हासील गर्नु भएकाे थियाे ।

त्यसैगरी एक नम्बर वडाबाट मेयरमा एमालेका टिकाराम खड्कालाई १०७५ आएको छ भने गठबन्धनका गेहेन्द्र गिरीलाई ११३३ मत आएको छ । त्यसैगरी उपमेयरमा एमालेका स्यानी चौधरीलाई १०५६ मत आएको छ भने गठबन्धनका जोगबहादुर रानालाई ९२३ मत आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार