अछामका सिडियो र डिएसपीलाई निलम्बन गर्न राजनीति दलको माग

डेली न्युजराप्ती       २४ जेष्ठ २०७९ १६:०० मा प्रकाशित     253 No Comments


अछाम। अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासिनी र डियसपी रविराज थपलियालाई तकाल निलम्बन गरि कालिकास्थानका १६ वर्सिय युवा विनोद शाहिको हत्याको अनुसन्धान प्रकृयालाई अगाडि बढाउन स्थानीय राजनीतिक दलहरूले माग गरेका छन। गत जेष्ठ १७ गते डि एसपी रविराज थपलिया सहितको प्रहरी टोलिद्वारा राती ११:३०बजे स्थानीय गर्ववती महिला , वृद्ध र केटाकेटी माथी हातपात र खानतलासी गरे लगत्तै वेपत्ता रहेका विनोद शाहिको शव उनको घर नजिकै रहेकोे जङ्गलमा फेला परेपछि घटनामा शङकास्पद व्यक्ति बिरुद्ध आफन्तहरुले किटानी जाहेरी दिदा समेत प्रहरीले जाहेरी दर्ता गर्न नमानेको भन्दै राजनीतिक दलहरुको सर्वदलीय बैठकले यस्तो माग गरेको हो।नेकापा एमालेका भिम बहादुर बिस्ट, मावोवादी केन्द्रका धर्मराज तिमिल्सैना, एकीकृत समाजवादीका केशव शाही र नेपाल कम्युनिस्ट पार्टी का सज्जन धामी चट्टान द्वारा हस्ताक्षरीत एक संयुक्त विज्ञप्त्ति मङ्गलवार जारी गर्दै सिडियो र डियसपिलाई निलम्बन गरेर हत्याको छानवीन गर्न माग गरिएको छ।गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको चुनावमा काङ्ग्रेस र एमाले कार्यकर्ता बिच चुनावको विषयलाई लियर झडप समेत भयको थियो।घटना भयको आज ८ दिन भैसक्दा समेत हत्या गरियका शाहिको सव आफन्तहरूले बुझेका छैनन ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार