रहेनन् ब्राजिलका बिश्वविख्यात फुटबलका महान खेलाडी पेले!

डेली न्युजराप्ती       १५ पुष २०७९ ०८:४६ मा प्रकाशित     106 No Comments

तुलसीपुर १५ पुस/ फुटबलका एक महान खेलाडी पेलेको निधन भएको छ । साओ पाउलोस्थित अल्बर्ट आइस्टाइन अस्पतालमा उपचाररत पेलेको ८२ वर्षको उमेरमा निधन भएको हो ।

फुटबलको जादुगरको उपनामले चिनिने पेले सर्वाधिक सफल खेलाडी हुन् । २०२१ को सेप्टेम्बरमा पेलेको कोलोन टयुमरको शल्यक्रिया गरिएको थियो । करिब एक महिनादेखि अस्पताल भर्ना भएर पेले उपचार गर्दै आएका थिए ।

पेलेको क्यान्सर फैलिँदो अवस्थामा थियो । उनको मुटु र मिर्गौलाको विशेष ध्यान राख्नुपर्ने भन्दै अस्पतालले उपचार गरिरहेको थियो ।

सन् १९४० अक्टोबर २३ मा जन्मिएका पेलेले आफूलाई अब्बल खेलाडी मात्रै बनाएनन् । सिंगो विश्व फुटबल जगतले सधैँभरि सम्झिरहने छाप छोडेर गए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार