तुलसीपुर,असार ३। तुलसिपुर नगर स्तरिय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ असार ७ गते देखि सुरु हुदैछ ।
पशुपति माबी हरिपौरीको आयोजना तथा तुलसिपुर उपमहानगरपालिकाको संयोजनमा संचालन हुने प्रतियोगिता बेलझुण्डी रंगशाला हुनेछ ।
तीन दिन सम्म संचालन हुने प्रतियोगितामा फिल्ड तर्फ भलिबल,कबडी, छात्र र छात्रा त्यस्तै ऎथ्लेटिक्स ट्रयाक तर्फ १००,२००,४००,८००,१५००,३००० मिटर छात्र र छात्रा दौड,१०० गुणा ४०० र ४ गुणा ४०० छात्र र छात्रा रिले दौड तथा फिल्ड तर्फ हाईजम्प,लङजम्प,त्रीपलजम्प,ज्याभलिङ थ्रो र सटपुट छात्र र छात्रा बिच कडा प्रतिस्पर्धा हुने आयोजक बिधालयका प्रधानाध्यापक रुद्र बहादुर डागिले जानकारी दिनुभएको छ ।
प्रतियोगितामा तुलसिपुर नगर क्षेत्रका सामुदायिक तथा निजि गरि दुई दर्जन बढी बिधालयको सहभागिता रहनेछ भने बिधालयमा कक्षा १२ सम्म अध्ययन गर्ने १८ बर्ष उमेर सम्मका छात्र-छात्राले मात्र भाग लिन पाउनेछ्न् ।
यसैबिच प्रतियोगिता आयोजनाको जिम्मा पाएको पशुपति माबी हरिपौरीले रनिङ शिल्ड प्रतियोगिताको तयारी लाई तिब्र पारेको जानकारी दिएको
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.