जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेशको बैठक सम्पन्न,राष्ट्रिय सम्मेलन केन्द्रित कार्यक्रम गर्ने

डेली न्युजराप्ती       ९ श्रावण २०७९ २३:२८ मा प्रकाशित     254 No Comments


साउन ९,प्युठान। जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश समितिको तेस्रो विस्तारित बैठक सम्पन्न भएको छ।
सोमबार प्युठान जिल्लाको जुम्री स्थित होटल आयुष्मा प्रा.लि.को सभाहलमा बसेको बैठकले भदौ ११ र १२ गते काठमाडौंमा सम्पन्न हुन गइरहेको संगठनको राष्ट्रिय सम्मेलनलाई भव्य सानदार ढंगले सम्पन्न गर्न प्रदेशका जिल्लाभरी व्यापक तयारी गर्ने निर्णय गरेको हो।

तेस्रो विस्तारित वैठकले आगामी श्रावण १५ गतेसम्म लुम्बिनी प्रदेश अन्तर्गतका सबै जिल्लामा बैठक बस्ने,चौथो राष्ट्रिय सम्मेलनको व्यापक प्रचार-प्रसार लगाएत सम्पुर्ण तयारीलाई प्रभावकारी बनाउने,सबै जिल्लामा भेला/सम्मेलन सम्पन्न गर्ने,राष्ट्रिय सम्मेलन सफल पार्न आर्थिक अभियान संचालन गर्ने,जनपत्रीका अनलाइन र संगठनको बिचारप्रधान राष्ट्रिय मासिक पत्रीका जनपत्रकारलाई व्यवस्थित गर्ने लगाएतका महत्वपूर्ण निर्णय गरेको छ।

बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै बैठकका प्रमुख अतिथी समेत रहेका नेता जागृतीले साम्राज्यवादले पहिले हत्या,दमन,आतंक चलाएर क्रान्ती सिध्याउने गरेको तर अहिले साम्राज्यवादले नेतृत्वलाई किनेर वा क्रान्तिकारी पार्टीलाई फुटाएर क्रान्ती सिध्याउने गरेको बताए।

उनले भने– ‘धर्मेन्द्र-सुदर्शन विचारमा फरक मत भएर चोइटिएका होइनन्। उनिहरु क्रान्तीलाई ध्वस्त बनाउन उपयुक्त वातावरण खोजेका थिए।’
उनले अघि थपे‘१३ दिनसम्म चलेको बैठकले लिएको निर्णयहरुलाइ एक मतका साथ ताली बजाएर,मुठ्ठी उठाएर पास गरियो। धर्मेन्द्र-सुदर्शनले बैठकमा नोट अफ डिसेन्ट पनि राखेनन तर बैठकबाट बाहिर निस्किन बितिक्कै पार्टी,नेतृत्व र क्रान्तीका विरुद्ध विषवमन गर्दै हिड्न थाले।त्यसकारण उनिहरुलाइ साम्राज्यवादले पहिल्यै किनिसकेको पुष्ठि हुन्छ।’

एक फरक प्रसंगमा बोल्दै नेता जागृतिले एकीकृत जनक्रान्तीमा जनपत्रकारहरु ‘फस्ट एसाल्ट’मा रहेर आफ्नो भुमिका निर्वाह गर्नुपर्ने दायित्व रहेको समेत वताए।
बिश्वका विभिन्न क्रान्तिहरुमा पत्रकारिता र पत्रकारहरुको भुमिका महत्वपूर्ण भुमिका रहेको नेता जागृतिको भनाइ थियो।

यस्तै बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै जनपत्रकार संगठन नेपालका केन्द्रीय संयोजक शेर बहादुर बिश्वकर्माले जनपत्रकारहरुले दलाल पुजीवादी संसदीय व्यवस्थाका विरुद्ध कलम चलाउनुपर्ने धारणा राखेका थिए।
वैज्ञानिक समाजवाद स्थापनाका लागि जनतालाइ सुसज्जित गर्नेपनि जनपत्रकारहरुको मुख्य दायित्व रहेको संयोजक बिश्वकर्माको भनाइ थियो।

नेकपाका केन्द्रीय सदस्य तथा प्युठान जिल्ला इन्चार्ज जागृतीको प्रमुख आतिथ्यमा बसेको बैठकमा जनपत्रकार संगठन नेपालका केन्द्रीय संयोजक शेर बहादुर बिश्वकर्मा,नेकपा प्युठान जिल्ला सेक्रेटरी किसान,जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य दाणा केसिको आतिथ्य रहेको थियो।

बैठकको संचालन तथा अध्यक्षता संगठनका लुम्बिनी प्रदेश समितीका अध्यक्ष दिपेश बिष्टले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार