धर्मेन्द्र-सुदर्शन क्रान्ती विरुद्धका भाइरस हुन:शितल

डेली न्युजराप्ती       ११ असार २०७९ १८:४५ मा प्रकाशित     384 No Comments


असार ११,तुलसीपुर। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज शितलले धर्मेन्द्र-सुदर्शन क्रान्ती विरुद्धका भाइरस भएको बताएका छन।

नेकपा दाङद्वारा जिल्लाको तुलसीपुरमा आयोजित राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता शितलले उक्त कुरा वताएका हुन।
उनले सुदर्शनको ग्रान्ड डिजाइनमा परेर धर्मेन्द्र बास्तोला कुहिरोको कागजस्तै बनेको समेत बताएका हुन।

नेता शितलले धर्मेन्द्र-सुदर्शनमा राजनीतिक तथा बैचारिक बिचलन पैदा भएपछी पार्टी बिभाजन गरेर छुट्टै गुट बनाएर हिडेको समेत जिकिर गरे। उनले भने– ‘धर्मेन्द्र बास्तोला कार्यकारी राष्ट्रपति प्रणालीको पक्षमा थिए। सुदर्शनले पार्टीमा आर्थिक,सांगठनिक अराजकता मच्चाएका थिए।हामिले पटकपटक रुपान्तरण हुन आग्रह गर्यौ तर उहाँहरु सच्चिन तयार हुनुभएन,पार्टी फुटाएर भाग्नुभयो।’

एक फरक प्रसंगमा बोल्दै नेता शितलले आफ्नो पार्टी कुनैपनी हालतमा संसदवादी बन्न नसक्ने समेत वताए। उनले भने– ‘क्रान्तिकारी कम्युनिस्ट पार्टीका लागि चुनाव प्रयोगको कार्यनीति केवल कार्यनीतिक सवाल हो। हामी संसदवादलाई स्वीकार गर्न सक्दैनौं।हामी क्रान्ती चाहान्छौ,बरु बलिदान गर्छौं तर संसदवादमा पतन भएर हाम्रो मर्न चाहान्नौ।’

नेता शितलले पार्टीले नेपालमा बढ्दो राष्ट्रघात,जनघात,महंगी,भ्रष्टाचार,बिकृती,बिसंगती,बिभेदका विरुद्ध भीषण संघर्ष गर्ने समेत बताएका थिए। उनले आफ्नै पार्टी नेतृत्वमा नेपालमा दलाल पुजीवादी संसदीय व्यवस्थालाई ध्वस्त पारी वैज्ञानिक समाजवाद स्थापना गरिछाड्ने बिश्वास व्यक्त गरेका थिए।

नेता शितलले अगाडि भने– ‘साम्राज्यवाद र नेपालको दलाल पुजीवादी सत्ता पार्टीका विरुद्ध भयानक हमलामा उत्रीएको छ। हामी पुजीवादलाई जुनसुकै मुल्य चुकाएर पनि पराजित गर्छौं र नेपालमा सर्वहारा श्रमजीवी जनताको शासन सत्ता स्थापना गरिछाड्छौ।’

नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज शितलको प्रमुख आतिथ्यमा सम्पन्न राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवम सल्यान-रुकुम इन्चार्ज सविन,नेकपा दाङका सेक्रेटरी प्रदिप,युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन,केन्द्रीय सचिव तिलक,अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सचीव डिल्ली,राष्ट्रिय कर्मचारी संगठन नेपालका केन्द्रीय उपाध्यक्ष नर बहादुर रोका,नेकपा दाङ जिल्ला कार्यालय सदस्य निर्मल,नेकपा लमही नगरपालिका इन्चार्ज जनक,नेकपा बबई गाउपालिका इन्चार्ज प्रतिरोधको आतिथ्य रहेको थियो।
प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज शितल,नेकपाका केन्द्रीय सदस्य एवम सल्यान-रुकुम इन्चार्ज सविन,नेकपा दाङका सेक्रेटरी प्रदिप,युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन ले प्रशिक्षणात्मक मन्तव्य राखेका थिए।

नेकपा दाङ जिल्ला सदस्य धर्तीको स्वागत मन्तव्यबाट सुरु भएको प्रशिक्षण कार्यक्रमको संचालन नेकपा शान्तिनगर गाउपालिका इन्चार्ज मनोजले गरेका थिए भने कार्यक्रमको अध्यक्षता नेकपा दाङ जिल्ला कार्यालय सदस्य एवम तुलसीपुर उपमहानगर कमिटीका इन्चार्ज बिकाशले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार