क्रान्तिको नाममा भ्रम सिर्जना नगर्न नेकपा(बहुमत)लाई आग्रह

डेली न्युजराप्ती       २१ असार २०७९ ०९:१८ मा प्रकाशित     169 No Comments


जाजरकोट। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा जाजरकोटले क्रान्तिको नाममा भ्रम सिर्जना नगर्न अपिल गरेको छ । सेक्रेटरी पौरख मल्लले एक अपिल जारी गर्दै क्रान्तिको नाममा जनतामा भ्रम सिर्जना नगर्न धर्मेन्द्र नेतृत्वको नेकपा (बहुमत) लाई आग्रह गरेका हुन ।

“जब देशको परिस्थिति बदलिँदो अवस्थामा हुन्छ तव क्रान्तिकारी कम्युनिस्ट पार्टीले आन्दोलनको स्वरुप बदल्नु पर्ने हुन्छ, आज हाम्रो पार्टीले आन्दोलनको स्वरूप नयाँ ढंगले बदल्दै गर्दा केही क्रान्तिको नाम जपेर ब्यक्तिगत जीवन समृद्ध बनाउनेहरुको भिडले पार्टी, आन्दोलन र क्रान्तिलाई बिर्सजनतिर लिने कुचेष्टा गरिरहेका छन तसर्थ हाम्रो पार्टीले देशको समग्र राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय परिस्थितिलाई मध्यनजर गर्दै, बदलिँदो अवस्थामा हाम्रो बिचमा एउटा चुनौती आयो । त्यो चुनौती पार गर्न चुनाव उपयोगको सिद्धान्तलाई सारेर अघि बढनु पर्ने वातावरणको सिर्जना भयो त्यसलाई क्रान्तिकारी ढंगले बुझ्न नसकेर पार्टी, देश, जनता र क्रान्तिका विरुद्ध भ्रम सिर्जना गरिरहेका छन र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को नाम जपिरहेका छ्न त्यसले स्वभाबिक रुपले तपाईं हामी सबैलाई चिन्तित र गम्भीर बनाएको छ सेक्रेटरी मल्लले जारी गरेको अपिलमा भनिएको छ ।”

नेकपा जाजरकोटका सेक्रेटरी पौरख मल्ल।

अपिलको पूर्णपाठ:
आदरणीय जनसमुदायहरू सर्वप्रथम नेपाली समाजमा भएका विभिन्न परिवर्तनकारी आन्दोलन,जनयुद्ध,जन–आन्दोलन र एकीकृत क्रान्ति लगायत संसारका सम्पुर्ण मुक्ती आन्दोलनमा शोषित–उत्पीडित जनताका लागि आफ्नो जीवनको बलिदान गर्ने ती असाधारण योद्धाहरू प्रती अभिवादन एवम बेपत्ता योद्धाहरूमा उच्च सम्मान गर्दछौ । आफ्नो जीवनको कुनै प्रबाह नगरी बलिदान गर्ने योद्धाहरूप्रती उच्च सम्मान सहित लालसलाम ! घाईते योद्धाहरूको स्वास्थलाभको कामना व्यक्त गर्दछु । कम्युनिस्ट पार्टी कम्युनिस्ट–सर्वहारा वर्गको राजनीतिक अग्रदस्ता हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणको वैचारिक निर्देशनमा उत्पीडित राष्ट्र र जनताका राजनीतिक,आर्थिक,सामाजिक, सांस्कृतिकलगायत संघ–संस्था एवम अन्तर्विरोधको पहिचान गर्ने, तिनको समाधानका निम्ति कार्यदिशा, नीति, कार्यक्रम तथा वैज्ञानिक योजनाको विकास गर्ने, मानवजातिलाई वैज्ञानिक समाजवाद हुँदै विश्व–साम्यवादसम्म पुर्याउन वर्गसंघर्र्षको नेतृत्व गर्ने, जनदिशा पक्डने, आलोचना–आत्मालोचनाबाट परिष्कृत एवम् लौह–अनुशासनमा बाँधिएको लेनिनवादी सङ्गठनात्मक सिद्धान्तमा आधारित अग्रदस्ता मात्र क्रान्तिकारी कम्युनिस्ट पार्टी बन्न सक्छ । सन १८४२ मा प्रवासी जर्मनहरूद्वारा स्थापित न्यायिक लिग माक्र्स–एङ्गेल्सको पहलकदमीमा सन १८४७ मा कम्युनिस्ट लिगमा रूपान्तरित भएपछि विश्वमा विधिवत र सङ्गठित रूपमा कम्युनिस्ट आन्दोलनको प्रारम्भ भएको हो । माक्र्स–एङ्गेल्सद्वारा स्थापित उक्त कम्युनिस्ट लिग नै विश्वमा कम्युनिस्ट पार्टीको पहिलो संगठन बन्न पुग्यो । सन १८४८ मा कम्युनिस्ट घोषणापत्र प्रकाशनपछि यसको सैद्धान्तिक कार्यक्रम रणनीति, कार्यनीति र संघर्षका रूपरेखा अगाडि बढे जसको उत्प्रेरणाले सन् १८७१ मा पेरिस कम्युनको स्थापना भयो । सन १९१७ मा रुसी महान अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भई विश्वमा पहिलो समाजवादी शिविर खडा भएपछि विश्वभर कम्युनिस्ट पार्टीहरू मात्र गठन भएनन्; समाजवादी क्रान्तिको लहर नै फैलियो । चीनमा माओको नेतृत्वमा सन् १९४९ मा क्रान्ति सम्पन्न भयो । नेपालमा २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो जुन आज विभिन्न चिरामा विभक्त छन । नेपाली कम्युनिस्ट आन्दोलनको बर्षे अवधिमा वर्गसङ्घर्ष र अन्तरसङ्घर्षका अनेकौँ जटिल अनुभव सँगालेको छ । अनेकौँ समूह–उपसमूहमा विभाजित नेपाली कम्युनिस्ट आन्दोलनभित्र खासगरी क्रान्तिकारी र संशोधनवादी धाराका बीचमा तीव्र अन्तरविरोध रहँदै आएको छ । समकालीन नेपाली कम्युनिस्ट आन्दोलन दक्षिणपन्थी संशोधनवाद, आधुनिक संशोधनवाद, नवसंशोधनवाद, छद्म संशोधानवाद एवम संसदीय संशोधनवाद सँग कठोर संघर्ष गरिरहेको छ । साथै गरिरहने पनि प्रतिवद्वता व्यक्त गर्दछौ । नेपालको पछिल्लो राजनीति अवस्था स्वभाबिक रुपले बदलिदो अवस्थामा छ । टाउकोमा राष्ट्रघात र जनघातको बदनामी बोकेर हिडेको संसदवाद र सामाजिक दलाल पुजिवाद ब्यबस्थाका नाइकेहरुको हजार प्रसंशा र तर्कका बाबजुद पनि असफल हुँदै गएको छ र पुरै असफल हुने पनि निश्चित छ र त्यो प्रमाणित भैसकेको मात्र छैन जनताले पनि असफल, नकामसिद्ध भएको अनुभूति गरिसकेका छन । यो असफलताले बैज्ञानिक समाजवादी क्रान्तिको पुनःनिर्बिकल्प रुपले अगाडि आएको सच्चाइबारे क्रान्तिकारी मात्र होइन, आम नागरिकहरु नै विश्वस्त बन्दै गएका अवस्था छ । हाम्रो पार्टीले नकामसिद्व भएको ब्यबस्थालाई जरै देखी उखलेर फाल्नको निम्ति निरन्तर संघर्ष गरेको कुरा आम जनसमुदायलाई अवगत नै छ । जब देशको परिस्थिति बदलिँदो अवस्थामा हुन्छ तव क्रान्तिकारी कम्युनिस्ट पार्टीले आन्दोलनको स्वरुप बदल्नु पर्ने हुन्छ,आज हाम्रो पार्टीले आन्दोलनको स्वरूप नयाँ ढंगले बदल्दै गर्दा केही क्रान्तिको नाम जपेर ब्यक्तिगत जीवन समृद्ध बनाउनेहरुको भिडले पार्टी,आन्दोलन र क्रान्तिलाई बिर्सजनतिर लिने कुचेष्टा गरिरहेका छन तसर्थ हाम्रो पार्टीले देशको समग्र राजनीतिक अवस्था,अन्तर्राष्ट्रिय प्ररिस्थितिलाइ मध्यनजर गर्दै, बदलिँदो अवस्थामा हाम्रो बिचमा एउटा चुनौती आयो त्यो चुनौती पार गर्न चुनावलाई उपयोगको सिद्धान्तलाई अघि सारेर अघि बढनु पर्ने वातावरणको सिर्जना भयो त्यसलाई क्रान्तिकारी ढंगले बुझ्न नसकेर पार्टी, देश,जनता र क्रान्तिका विरुद्ध भ्रम सिर्जना गरिरहेका छन र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को नाम जपिरहेका छ्न त्यसले स्वभाबिक रुपले तपाईं हामी सबैलाई चिन्तित र गम्भीर बनाएको छ । क्रान्तिका विरुद्धमा भ्रम सिर्जना नगर्न म अपिल गर्न चाहान्छु र तपाईं परिवर्तनकारी सोच भएका क्रान्तिका लागि चिन्ता गर्ने देशभक्त, क्रान्तिकारी, प्रगतिशील आदरणीय जनसमुदायहरु भ्रममा नपर्न पनि अपिल गर्न चाहान्छु।
क्रान्तिकारी लालसलाम सहित!

सेक्रेटरी
पौरख मल्ल
नेपाल कम्युनिस्ट पार्टी,जाजरकोट

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार