सन्दीप र दिपेन्द्रले क्यानडाको ग्लोबल टी-२० लिग खेल्ने

डेली न्युजराप्ती       ३१ जेष्ठ २०८० ०९:२० मा प्रकाशित     130 No Comments

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्र सिंह ऐरीले क्यानडामा हुने तेस्रो संस्करणको ग्लोबल टी-२० लिग खेल्ने भएका छन् । ग्लोबल टी-२० लिग आगामी जुलाई २० देखि सुरु हुने तालिका रहेको छ ।

मंगलबार राति भएको ड्राफ्टमार्फत सुर्रे जाग्वार्सले सन्दीप तथा मोन्टरियल टाइगर्सले र दीपेन्द्रलाई टिममा भित्र्याएका हुन् । दिपेन्द्रले पहिलो पल्ट विदेशी लिग खेल्न लाग्दा सन्दीपले यसअघि ग्लोबल टी-२० लिगमा मोन्टरियल टाइगर्स र टोरन्टो नेसनल्सबाट खेलेका थिए ।

त्यसैगरी, सन् २०१९ मा सोमपाल कामीले विन्नीपेग हकका लागि खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार