साम्राज्यवादी,फुटपरस्त र पलायनबादिहरुको हमलालाई प्रतिकार गर्न अग्रभागमा रहनेछौ:पाटन

डेली न्युजराप्ती       २२ असार २०७९ १८:४९ मा प्रकाशित     438 No Comments


असार २२। नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन जंगलीले पार्टी र पार्टी नेतृत्व विरुद्ध साम्राज्यवादी,फुटपरस्त र पलायनबादीहरुको हमलालाई प्रतिकार गर्न संगठन अग्रभागमा रहने बताएका छन।
युवा संगठन नेपाल काठमाडौले बुधबार नयाँ वसपार्कको तमु रास्ट्रीय परिषदको भवनमा आयोजना गरेको पार्टी ध्रुवीकरण तथा संगठनको जिल्ला भेलामा शुभकामना मन्तव्य राख्ने क्रममा जंगलीले उक्त कुरा बताएका हुन।

नेता पाटनले क्रान्तिकारी विचार र पार्टीको नेतृत्व विरुद्ध झुट प्रचार गर्ने र क्रान्तिको यात्रालाई भ्रमित पारेर क्रान्तिलाई कमजोर पार्न खोज्नेहरुलाइ युवाहरुले प्रतिरोध गर्ने समेत बताएका हुन।

देशमा बढ्दै गएको महङ्गी, भ्रष्टाचार र अत्याचार विरुद्ध संघर्ष गर्दै संसदिय व्यवस्थाको अन्त्य गर्न र समाजवादी प्रणालीको उज्यालो भविस्य निर्माण गर्न आफुहरु निरन्तर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष जंगलीले भने– ‘ केही समय अघि सुदर्शनहरुले पार्टीका बिरुद्ध भ्रम सिर्जना गर्ने क्रममा विप्लवहरु राजासँग मिलेर दलहरुलाइ तह लगाउनु खोज्नु हुन्थ्यो भनेको सुनियो , यदि उहाहरुलाइ पहिले नै यस्तो सूचना थियो भने उहाँ किन यो पार्टीमा आउनु भयो त ? सङ्गै हुदा सबै ठिक छ भन्ने तर अलिकति आफ्नो स्वार्थ पूरा भएन भन्ने बित्तिकै सबै गलत देख्ने यो कसरी भन्न मिल्छ? पत्रकार साथीहरूले उहाहरुलाइ प्रती प्रश्न गर्न जरुरी छ।’
युवा संगठन नेपालको भेलामा सयौ युवाहरू पार्टी प्रवेश गरेका थिए भने सामना परिवारका कलाकारहरू नृत्य र गितहरु समेत प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार