कटुवाल र श्रेष्ठले नेकपा (बहुमत) त्याग्दै भने ‘धर्मेन्द्र-सुदर्शन गुटको झुण्डमा हामी लाग्दैनौ’

डेली न्युजराप्ती       ३ श्रावण २०७९ २१:३६ मा प्रकाशित     308 No Comments


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी उदयपुरका सदस्य रमेश कटुवाल र टंकबहादुर श्रेष्ठले ने.क.पा. (बहुमत)मा आफुहरु संलग नभएको प्रष्ट्याएका छन।

उनिहरुले आज एक संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन–‘पछिल्लो समय घर्मेन्द्र-सुदर्शन गुटले गठन गरेको कथित ने.क.पा.(बहुमत) गठन गरि उदयपुर जिल्लाको कटारीमा भेला राखेर हामीलाई पनि त्यो भेलामा बोलाएका थिए र उक्त भेलामा हामी सहभागी भएका थियौं । सहभागी भेलामा हामीलाई बिभिन्न कमिटीमा राखैर कथित बहुमत पार्टीमा सहभागी गराउन खोजेका थिए । हामीलाई त्यो कथित भैलाले गरेको फुट प्रष्ट निति ठिक लागेन र कमिटीमा नरहने निष्कर्षमा हामी पुग्यौ र कुनै कमिटीमा नराख्न सुझाव दियौँ तर कथित बहुमत वालाले हाम्रो कुरालाई बेवास्ता गरि हामीलाई विभिन्न किमिटीमा राखेर समाजमा अनावश्यक भ्रम फैलाएको प्रति हाम्रो आपत्ति छ । कथित बहुमत पार्टीले न यो देशमा क्रान्ति गर्छ न त क्रान्ति गर्ने योजना छ । त्यसैले यो त धर्मेन्द्र-सुदर्शनको गुटको झुण्ड मात्रै भएकोले हामी पनि यसमा लाग्दैनौ र अरु पनि लाग्न आवश्यक नरहेको हाम्रो बुझाई राख्दै हामी कमरेड विप्लवले नेतृत्व गरेको नेपाल कम्युष्टि पार्टीमा रहेर एकीकृत जनक्रान्तिको कार्यदेशा दिशातिर निरन्तर अगाडी बढ्ने जानकारी यसै प्रेस विज्ञप्त मार्फत सार्वजनिक गर्न चाहन्छौं ।’

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार