नेकपाको नवौँ महाधिवेशन कपिलवस्तुको शिवगढीमा सुरु,संसदीय चुनाव खारेज गर्ने विप्लवको उद्घोस

डेली न्युजराप्ती       २६ आश्विन २०७९ १०:०७ मा प्रकाशित     168 No Comments


कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टीको नवौँ महाधिवेशन हिजोदेखि कपिलवस्तुको शिवगढीमा सुरु भएको छ ।
महाधिवेशनको उद्घाटन नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले गरेका छन् ।

नवनिर्मित पार्टी केन्द्रीय कार्यालयमा महासचिव विप्लवले औपचारिक रूपमा उद्घाटन गर्नुभएको थियो । महाधिवेशनमा देशभरबाट प्रतिनिधिको संख्या साढे सात सय जनाको संख्यामा रहेको छ नेकपाले जनाएको छ।

महाधिवेशनको उद्घाटन समारोहलाइ सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले यस पटकको संसदीय चुनाव खारेज गर्ने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको नवाैँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बाेधन गर्दै उनलेे यस्तो बताएका हुन् ।
उनलेे दलाल पुजीवाद भत्काउदै नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्न नेकपा दृढ रहेको समेत बताए ।
एकीकृत जनक्रान्तिले क्रान्तिको नयाँ ज्याेति बाेकेको भन्दै पुजीवाद परास्त गरी क्रान्ति विजयी भइ छाेड्ने बताए ।
महासचिव विप्लवले भने, ‘नवाैँ महाधिवेशनले सर्वहारा वर्ग, श्रमिक समुदाय, मजदुर, किसान र सुकुम्बासीको राज्यसत्ता स्थापना गर्ने कार्यदिशा तय गर्नेछ ।’
उनले प्रचण्ड, बाबुरामकाे विसर्जनवादका विरुद्ध लड्दै खरानीबाट क्रान्तिकाे झण्डा उठाएको स्मरण गर्दै नवाैँ महाधिवेशन १३ जना सहिदको रगतसँग मिसिएको क्रान्ति भएको र कुनैपनि हालतमा दलाल संसदीयव्यवस्थामा आत्मसमर्पण नगर्ने दृढता व्यक्त गरे ।
उनले भने, ‘लखन थापाको रगतदेखि जनयुद्धको रगतले एकीकृत जनक्रान्ति जारी छ ।’
महासचिव विप्लवले कम्युनिस्टहरु विवेक र श्रमसँग जाेडिदै विवेक, श्रम र संघर्षकासँग विश्वास गर्नुपर्नेमा जाेड दिए ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले विसर्जनवादकाे चपेटाबाट क्रान्तिलाई जाेगाउन विप्लव सफल भएको बताए ।
वैज्ञानिक समाजवादी पार्टीका महासचिव आहुतिले एउटा क्रान्तिकाे विसर्जनपछि अर्को क्रान्तिकाे जग हाल्ने कुरा सामान्य नभएको बताए ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका उपाध्यक्ष विनाेद उपाध्याय, राष्ट्रिय वामपन्थी मञ्चका अध्यक्ष दिर्घ पाण्डे, प्रगतिशील कानुन व्यवसायी संघका अध्यक्ष एकराज भण्डारी, जनअधिकार अभियान मञ्चका उपाध्यक्ष देव बहादुर पाैडेल लगायतले शुभकामना मन्तव्य राखेका दिए ।कार्यक्रमको सञ्चालन प्रवक्ता प्रकाण्डले गरेका थिए भने स्वागत मन्तव्य सचिवालय सदस्य सन्ताेष बुढा मगरले राखेका थिए ।

नेकपाको केन्द्रीय हेडक्वाटरमा अमेरिकाले बमवार गर्याे : विषम
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्ताेष बुढामगर ‘विषम’ले अमेरिकाले नेकपाकाे हेडक्वाटरमा बमवार गरेकाे बताएका छन् । पार्टीकाे नवाैं महाधिवेशनकाे उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राख्दै विषमले १२औं केन्द्रीय समिति बैठकमा अमेरिकाले बमवार गरेर पार्टी फुटाएकाे बताए ।

‘हाम्राे १२औं केन्द्रीय समिति बैठक यहि घरकाे हलमा चलिरहेको थियो । अमेरिकी सहयोग परियोजना एनसीसीले त्यही बैठकमा बमवार गर्यो ।’, उनले भने, ‘ त्यही वमबारले ९ जना नेतालाई उडायो ‌। त्यसपछि हाम्रो पार्टी फुट्यो ।’

वैचारिक मतभेद बिनै अमेरिकाले सुदर्शन र कन्चनमार्फत बमवार गरेकाे बताए । ‘एमसीसी बिरुद्धकाे लडाइँमा हाम्रो पार्टीले अपेक्षाकृत सफलता प्राप्त गर्याे ‌। त्याे विषय अमेरिकाका लागि टाउकाे दुखाईकाे विषय बनेकाे थिया ।’, उनले भने, ‘हामीलाई कमजाेर बनाउन हाम्रो हेडक्वाटर मै प्रहार गर्याे ।’

विषमले महाधिवेशनमा उपस्थित अतिथिहरु प्रतिनिधि, पर्यवेक्षक सहित उपस्थित सवै जनसमूदायलाई स्वागत गरेका थिए ।

कपिलवस्तु जिल्लाको शिवगढीमा नेकपा महासचिव विप्लवले उद्घाटन गर्दै ऐतिहासिक नवाैं महाधिवेशनकाे सुरु गरेका थिए । महाधिवेशन असोज ३१ गतेसम्म चल्ने छ ।

नेकपाको केन्द्रीय पुस्तकालय उद्घाटन, ज्ञान नै संसारको सबैभन्दा ठूलो हतियार हो: विप्लव
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय पुस्तकालय केन्द्रीय कार्यालय शिवगढीमा उद्घाटन गरिएको छ ।
केन्द्रीय पुस्तकालयलाई एक समारोहका बीच नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले उद्घाटन गर्नुभयो ।
उक्त उद्घाटन समारोहलाई सम्बाेधन गर्दै प्रमुख अतिथि महासचिव विप्लवले ज्ञान संसारकै शक्तिशाली हतियार भएकोले यस केन्द्रीय पुस्तकालयले ज्ञानको सञ्चार राम्रोसँग गर्ने बताउनुभयो । पुस्तकालय व्यवस्थापनमा पार्टी केन्द्रीय कमितिले पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि राख्नु भएको थियो ।
कार्यक्रममा केन्द्रीय सल्लाहकार दिर्घराज पाण्डेले मार्क्सवाद पुस्तकालयबाटै मार्क्सले प्राप्त गरेकोले पुस्तकालय सुरूबाट हुनु खुशीको कुरा भएको र यस केन्द्रीय पुस्तकालयमा आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने धारणा राख्नुभयो ।
पार्टीका केन्द्रीय सदस्य अनिल शर्मा विरहीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन केन्द्रीय सदस्य तथा सुचना प्रचार तथा प्रकाशन विभाग इञ्चार्ज प्रज्वलन गर्नुभएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य सुशिलले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा सचिवालय सदस्य तथा प्रवक्ता प्रकाण्ड, सचिवालय सदस्य विषम, सल्लाहकार दिर्घराज पाण्डे, होम खतिवदा, केन्द्रीय सदस्यहरू उमा भुजेल “शिलु”, भरत वम “रणवीर”, मोहलाल चन्द “आधार”, अमर झाक्री ” सञ्जीव”, चुडामणी वली “आदर्श”, सावित्रा दुरा ” आस्था” लगायत अन्य केन्द्रीय सदस्य र जवस मोर्चाका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार