नेकपासहित ५ कम्युनिस्ट पार्टी र १ मोर्चाद्वारा कार्यगत एकतालाई अगाडी बढाउने उदघोष

डेली न्युजराप्ती       ४ श्रावण २०७९ २२:०८ मा प्रकाशित     415 No Comments


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ५ कम्युनिस्ट पार्टी र १ मोर्चाले कार्यगत एकता कायम रहेको र यसलाई आगामी दिनहरुमा निरन्तरता दिने बताएका छन। नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा आज बसेको बैठकले सो निर्णय लिएको बताइएको छ। यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’, देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालका अध्यक्ष सी.पी. गजुरेल , नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल ,वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव आहुती , नेकपा(माओवादी समाजवादी ) का अध्यक्ष कर्णजित बुढाथोकी‘शुसिल’ द्वारा जारी संंयुक्त विज्ञप्तिमा भनिएको छ – ‘आज २०७९ श्रावण ४ गते हामी५ कम्युनिस्ट पार्टी र १ मोर्चाको वैठक नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगर काठमाण्डौँमा बस्यो । वैठकका निर्णयहरु सार्वजनिक गर्न यो संयुक्त प्रेस विज्ञप्ति जारी गरिएको छ ।

१- हामी ५ कम्युनिस्ट पार्टी र १ मोर्चाको कार्यगत एकता कायम रहेको र यसलाई आगामी दिनहरुमा निरन्तरता दिने छौँ ।
२- हामी ५कम्युनिस्ट पार्टी र १ मोर्चाको भोली अपराह्यन नै वैठक बसी आगामी संघर्षका कार्यक्रमर कार्यगतएकतालाई अरु व्यापक बनाउने विषयमा निर्णय लिइने छ । ‘

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार