अखिल (क्रान्तिकारी) दैलेखको चौथो पुर्ण बैठक सम्पन्न,९ सदस्यीय सम्मेलन आयोजक समिति गठन

डेली न्युजराप्ती       ९ श्रावण २०७९ २३:१४ मा प्रकाशित     216 No Comments


दैलेख। नेकपा निकट अखिल(क्रान्तिकारी )दैलेखकाे चौथाे पुर्ण बैठक सम्पन भएकाे छ । सोमबार दैलेख जिल्लाकाे आठबिस नगरपालिका वडा नं.१ सात्तालामा महेन्द्र बिश्वकर्माकाे नेतृत्वमा ९ सदस्यीय सम्मेलन आयोजक समिति गठन गर्दै बैठक सम्पन भएको संगठनले जनाएको छ।

बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै बैठकका प्रमुख अतिथि समेत रहेका नेकपा दैलेखका सेक्रेटरी कलम बिश्वकर्मा(बिवेक)ले अहिलेको सँसदीय ब्यवस्था चरम s* कटमा रहेकाे उल्लेख गर्दै आफूहरु निरन्तर याे ब्यबस्था विरुद्धको सङ्घर्षमा रहेकाे उल्लेख गरे । नेपाल कम्युनिष्ट पार्टी बैज्ञानिक समाजबादी ब्यबस्थाकाे लागि एकीकृत जनक्रान्तिकाे बाटाेमा अगाडि बढिरहेको उनको भनाइ थियो। बिद्यार्थीहरुले संगठन बलियाे बनाउन लाग्नुपर्ने र पार्टीमा देखिएकाे फुटबाद र गुटवाद बिरुद्ध सङ्घर्ष गर्दै ऐतिहासिक नवौँ माहाधिवेशन सफल बनाउन सक्रिय हुनुपर्ने कुरामा उनले जोड दिएका थिए ।
बैठकका अथिती अखिल(क्रान्तिकारी )का केन्द्रीय सचिवालय सदस्य तथा कर्णाली प्रदेश ईन्चार्ज धनजित महरले बिघार्थी आन्दोलनको इतिहास गाौरवशाली रहेकाे र आगामी दिनमा अखिल(क्रान्तिकारी)लाई अझ बलियाे बनाउन क्याम्पस , उच्चमावि र अन्य बिधालयहरुमा सँगठन बिस्तारका साथै संगठनकाे साधारण र संगठित सदस्यता बितरण गर्नुपर्ने बताउनु भयाे।

नेकपा जिल्ला समिति सदस्य तथा अखिल (क्रान्तिकारी )पुर्व केन्द्रीय सदस्य प्रकाशको समेत बैठकमा आतिथ्य रहेको थियो।
बैठकको संचालन तथा अध्यक्षता संगठनका जिल्ला अध्यक्ष उदयराम बिश्वकर्माकोले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार