अखिल (क्रान्तिकारी)का अध्यक्ष शाही र महासचिव विक गिरफ्तार!

डेली न्युजराप्ती       १२ श्रावण २०७९ १८:०० मा प्रकाशित     606 No Comments


काठमाडौं। अमेरिकी बिदेश मन्त्रीको नेपाल भ्रमणका क्रममा राष्ट्रघाती MCC र SPP सम्झौता को बिरोध प्रदर्शन कार्यक्रम स्थलबाट बिहीबार नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी का अध्यक्ष प्रकाश शाही , महासचिव ललित बिक लगायत दर्जन बढी नेताकार्यकर्ता काठमाण्डौको गौसाला बाट गिरफ्तार गरिएको संगठनका केन्द्रीय सचिवालय सदस्य सुबास जोशीले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् । उनले नेताकार्यकर्ता लाइ रिहाई गर्नु पर्ने माग समेत राखेका छन्।

SPP पारित गराउन दबाब दिने उदेश्य सहित अमेरिकी बिदेश सहायक मन्त्री डोनाल्ड लु आज नेपाल आउने सन्दर्भमा कालो झण्डा सहित बिरोध प्रदर्शनको दौरान अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष प्रकाश शाही, महासचिव ललित बिक सहित एक दर्जनभन्दा धेरैलाई सरकारको निर्देशनमा प्रहरीले गौशालाबाट गिरफ्तार गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार