प्रशिक्षक अलमुताइरीले पदबाट राजीनामा दिदै भने ‘खुसी, माया, दुःख र पीडा सबै प्राप्त गरे’

डेली न्युजराप्ती       २६ भाद्र २०७९ १९:५१ मा प्रकाशित     206 No Comments


काठमाण्डौ, २६ भदौ । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पदबाट राजीनामा दिएका छन् । अलमुताइरीले आफूले कार्यकाल सम्हालेको पाँच सय २५ दिनपछि आज राजीनामा दिएको घोषणा गरेका हुन् ।

उनले आफ्नो कार्यकालमा खुसी, माया, दुःख र पीडा सबै प्राप्त गरेको पनि जनाएका छन् ।
कहिले एन्फा त कहिले खेलाडीसँगको विवादका कारण पछिल्लो समय उनी नेपालमा थिएनन् । अलमुताइरीको प्रशिक्षणमा नेपाल साफ च्याम्पियनशिपमा पहिलो पटक फाइनल पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार