कपिलवस्तु: नेपाल कम्युनिष्ट पार्टीको नवौं महाधिवेशनले पुनः महासचिवमा विप्लवलाई निर्वाचित गरेको छ । महाधिवेशनको बन्दसत्रबाट नयाँ केन्द्रीय समिति १२६ जना निर्वाचित गरेको छ । जसअनुसार ८१ जना पूर्ण केन्द्रीय समिति र ४५ जना वैकल्पिक केन्द्रीय सदस्य गरी १२६ जनाको केन्द्रीय समिति निर्वाचित गरेको हो । महाधिवेशनले ८१ जना पूर्ण केन्द्रीय समितिमा ७८ जना हाललाई निर्वाचित गरेको छ भने ३ जना पछि थपिने छन् । यस्तै ४५ जना वैकल्पिक केन्द्रीय सदस्यहरुमा ४२ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् भने ३ जना पछि थपिने छन् । यस्तै महाधिवेशनले १३९ सदस्सीय केन्द्रीय प्रतिनिधि समिति पनि निर्वाचित गरेको छ ।
प्रतिनिधि समितिमा १३२ जना निर्वाचित गरिएको छ भने ७ जना पछि थपिने छन् । नेकपाले केन्द्रीय समिति भन्दा एक तल्लो समिति रहने गरी नयाँ संरचना पनि निमार्ण गरेको छ ।
पूर्ण केन्द्रीय समिति, वैकल्पिक केन्द्रीय समिति र प्रतिनिधि समिति सहित २६५ जनाको समिति निर्वाचित गरिएको छ ।
महाधिवेशनको औपचारिक रूपमा बन्दसत्रको समापन बुधवार बिहान ८ बजेबाट हुने नेकपाले जनाएको छ ।
मंगलबार अबेर रातिसम्म भएको बन्दसत्रको अध्यक्षमण्डलमा ध्रुव, भृकुटी, सम्झना, चिरञ्जीवी रहेका थिए । त्यसैगरी निर्वाचन मण्डलमा वरिष्ठ अधिवक्ता कपिल चन्द्र पाेख्रेल, लक्षिराम ढकाल र विश्व रहेका थिए । निर्वाचन समिति अध्यक्ष कपिल चन्द्र पाेख्रेलले प्यानल प्रस्तुत गरेका थिए । अध्यक्षमण्डलका अध्यक्षता ध्रुवले गरेका थिए भने कार्यक्रमको सञ्चालन भृकुटीले गरेकी थिइन् ।
बन्दसत्रमा देशभरका जिल्ला, विभाग, मोर्चा, मञ्च, स्वयम्सेवक, कलाकार, प्रवास, विदेश विभाग लगायतका क्षेत्रबाट गरी करिब ७ सयको संख्यामा प्रतिनिधि पर्यवेक्षकहरु रहेका छन् । असोज २५ गते उद्घाटन भएको महाधिवेशन असोज कात्तिक २ गते सकिदैछ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.