दाङ । ३ कम्युनिस्ट पार्टीले निर्वाचन बहिस्कार/खारेजी सम्वन्धमा पत्रकार सम्मेलन गर्ने भएका छन् ।नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय वुद्धनगर काठमाण्डौमा ३ कम्युनिस्ट पार्टीको वैठक वसेर दलाल संसदीय पुँजीवादी सरकारले आफ्नो व्यवस्था टिकाइराख्न जनतालाई भ्रम पार्न मंसिर ४को चुनावको नाटक गर्न लागेको आरोप लगाएका छन् ।मंसिर ४ गते गर्न लागेको संघ र प्रदेशको निर्वाचन बहिस्कार/खारेजी गर्ने निर्णय पनि वैठकवाट गरेका छन् ।प्रेस विज्ञप्तीमा ३ पार्टीका प्रमुख नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव आहुतीद्धारा हस्ताक्षर गरेका छन् । बहिस्कार/खारेजी सम्बन्धी कार्यक्रम र अपील कार्तिक १९ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने उल्लेख गरेका छन् ।
प्रेस विज्ञप्ती पुर्ण पाठः
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.