नेकपासहित ३ कम्युनिस्ट पार्टीले कार्तिक २८ गते बुटवलमा चुनाव विरुद्ध भण्डाफोर सभा गर्ने

डेली न्युजराप्ती       २६ कार्तिक २०७९ ०७:४१ मा प्रकाशित     191 No Comments

दाङ । नेकपा सहित ४ कम्युनिस्ट पार्टीले आसन्न मंसिर ४ गते हुने संघीय र प्रदेश सभाको निर्वाचन विरुद्ध बुटवलमा कार्तिक २८ गते भण्डाफोर सभा गर्ने भएको छ ।
भण्डाफोर सभामा नेकपाका प्रवक्ता प्रकाण्ड, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव आहुति र नेकपाका अध्यक्ष ऋषि कट्टेलले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा पोलिटब्युरो सदस्य कृतिले बताएका छन् । भण्डाफोर सभामा हज्जारौं जनताको विशाल सहभागिता रहनेछ । बुटवलको विभिन्न स्थानबाट जुलुसहरु सुरु हुनेछ र बुटवल विशाल सभामा परिणत हुने नेकपा केन्द्रीय सदस्य विश्वासले बताए । तीन दलीय मोर्चाले निर्वाचन खारेज गर्ने निर्णय गरेको थियो । देशब्यापी हुने विशाल सभाहरु अन्तर्गत बुटवलमा सभाको आयोजना गरिएको हो । नेकपा सहित ३ दलले संसदीय निर्वाचन श्रमिक जनताको पक्षमा नरहेको र प्रतिक्रियावादी र साम्राज्यवादीको मतियार भएको भन्दै खारेज गर्ने निर्णय गरेको थियो । तीन दलले मंसिर ४ गतेको निर्वाचन खारेज गर्न जनतालाई अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार