मंसिर २, दाङ। नेपाल कम्युनिस्ट पार्टी चितवनले वागमती प्रदेश सभा चितवन क्षेत्र नं.३(ख)का उम्मेदवार तथा माडी नगरपालिकाका निवर्तमान मेयर ठाकुर प्रसाद ढकालमाथी पार्टीले कारवाही गरेको बिज्ञप्ति मार्फत जनाएको छ ।
नेकपा चितवनले एक प्रेस बिज्ञप्ति जारी गर्दै जग्गा खण्डिकरण केसमा भुमाफियासंग करोडौं कमिसन खाएको लगाएतका आरोपसहित कार्वाही गरेको जनाएको छ ।
बिज्ञप्तिमा अवैध क्रसर संचालन गरी लाखौं भ्रष्टाचार गरेको , नगरपालिकाको मेसिन तथा औजार खरिदमा प्राप्त बैधानिक कमिसन मिलेमतोमा खाएको , एमसिसीको पक्षमा वकालत गरेको तथा राष्ट्रघाती नागरिकता बिधेयकको पक्षमा उभिएको , दलाल पुजीवादको मतियार वनेको , सत्ता दुरुपयोग गर्दै बिगतदेखीनै जालसाझी र किर्ते किर्ते कार्यमा संलग्न रहेको , स्वेच्छाचारी ढंगले नगरपालिका संचालन गरि करोडौं रकम गरि बेरुजु बनाउन मुख्य भुमिका खेलेको , जनताको र आफ्नो पार्टीको व्यापक बिरोधको बावजुत भु-माफियासंग मिलि कमिसनको जालो निर्माण गरेको , ठेक्कापट्टामा हस्तक्षेप तथा सेटिङ गरि आर्थिक अनियमितता गरेको र गुणस्तरहीन कामलाई ढाकछोप गरेको लगाएतका आरोप नेकपाले लगाएको छ ।
नेकपा चितवनले कारवाही स्वरुप उम्मेदवार ठाकुर ढकालको गाडीमा आगजनी गरेको थियो । उक्त गाडी जग्गा दलाल छवि अधिकारी मार्फत ढकाललाई चुनावको लागि उपलब्ध गराईएको नेकपाका एक नेताले बताए ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.