विप्लवले पार्टीको उत्पादनबाट २५ क्विन्टल चामल र १ लाख रुपैयाँ राहत लिएर जाजरकोट जाँदै

डेली न्युजराप्ती       १८ कार्तिक २०८० १२:१४ मा प्रकाशित     130 No Comments

कार्तिक १८ , दाङ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम विप्लव सीले आफ्नो पार्टीको उत्पादनबाट २५ क्विन्टल चामल र १ लाख रुपैयाँ राहात लिएर जाजरकोट र रुकुम जाने भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको काठमाडौंमा उपलब्ध केन्द्रिय सदस्यहरुको बैठकले भुकम्प प्रभावित क्षेत्रमा राहात तथा उद्वारका लागि पार्टीका केन्द्रीय उत्पादनबाट २५ क्विन्टल चामल र १ लाख रुपैयाँ पैसा भुकम्प केन्द्रीय राहत कोषलाई दिने निर्णय गरेको छ ।

आज दिउँसो १२ बजेबाट काठमाडौ,भक्तपुर र ललितपुरले राहत संकलन गरि जाजरकोट र रुकुम पठाउने तयारी गरिरहेको नेकपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार