असार २ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल पश्चिम दाङ जिल्ला समितीको आयोजनामा तुलसीपुरमा एमसिसी सम्झौता खारेजीका लागि हस्ताक्षर संकलन गरिएको छ ।
शनिवार तुलसीपुरको बसपार्क स्थित तिनकुने चोकबाट सुरु गरिएको हस्ताक्षरमा संकलन कार्यक्रममा आम जनताले उत्साहपुर्ण ढंगले एमसिसी विरुद्ध हस्ताक्षर गरेका हुन् ।
संगठनले एमसिसि सम्झौता खारेज गर्न र देशलाइ मुक्त गर्न , नेपालको लुम्बिनी क्षेत्र समेटी भारतीय साम्राज्यवादले कथित सांस्कृतिक नक्सा प्रकाशन गरेको हुँदा उक्त नक्सा खारेजीका लागि , महंगी , भ्रष्टाचार , कमिसन , लघुवित्त र मिटरव्याजीहरुको ज्यादतीका विरुद्द हस्ताक्षर संकलन गरिएको जनाएको छ ।
युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज जिवनी सीको हस्ताक्षरबाट सुरु गरिएको कार्यक्रममा नेकपाका नेता-कार्यकर्ता , शुभेच्छुक , शुभचिन्तक एवम आम जनसमुदायको बाक्लो उपस्थिति थियो ।
तस्वीरहरु:
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.