समाजवादका लागि प्रचण्ड ,विप्लवसहित ४ दलबिच मोर्चाबन्दी हुँदै,समाजवादी मोर्चाको घोषणा भोलि हुँदै!

डेली न्युजराप्ती       ३ असार २०८० २३:२६ मा प्रकाशित     89 No Comments

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी सहित समाजवादी मोर्चा निर्माण प्रक्रियामा सम्मीलित दलहरूले भोलि दिउँसो ३बजे समाजवादी मोर्चाको औपचारिक घोषणा गर्ने भएका छन।प्रधानमन्त्री निवास वालुवाटारमा आज सम्पन्न चार ओटा पार्टीका शीर्ष नेताहरूको बैठकले यस्तो निर्णय गरेको नेकपा प्रवक्ता प्रबक्ता प्रकाण्ड सी ले जानकारी दिएका छन।

नेकपा महासचिव विप्लव ,माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादीका उपेन्द्र यादव सहभागी बैठकमा समाजवादी मोर्चाको अवधारणा पेश गरि पारित गरिएको बताईएको छ।

त्यस्तै बैठकले मोर्चामा सम्मीलित हुन चाहने अन्य घटकहरुका लागि ढोका खुला राख्ने र आवश्यकता अनुसार अवधारणा पत्रमा समेत परिमार्जन गर्न सकिने सहमति गरेको छ भने भोलि ३ बजे रास्ट्रीय सभागृहमा हुने मोर्चा घोषणा कार्यक्रमको तयारीका लागि सोमबार बिहान बैठक बस्ने सहमति भएको समेत जानकारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार