जनपक्षीय पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न स्याङ्जामा आधारभूत पत्रकारिता तालिम सुरु!

डेली न्युजराप्ती       ६ असार २०८० १७:४६ मा प्रकाशित     161 No Comments

कमल विश्वकर्मा
स्याङ्जा / जनपत्रकार संगठन नेपाल गण्डक प्रदेश समन्वय समितिले स्याङ्जाको वालिङमा आधारभूत पत्रकारिता तालिम सञ्चालन गरेको छ।जनपक्षीय पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न र नयाँ पत्रकार उत्पादन गर्ने उदेश्यले तालिम सञ्चालन गरिएको हो।

आधारभूत पत्रकारिता तालिममा पत्रकारिता, समाचार लेखन,फिचर लेखन, पत्रकार आचारसंहिता,सञ्चार माध्यमहरुको महत्त्व र भुमिका तथा मिशन पत्रकारिताबारे सैद्धान्तिक र व्यबहारिका कक्षाहरु सञ्चालन गरिने बताइएको छ।

बुधबार देखी औपचारिक रुपमा उद्घाटन गरिएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य राजन सी प्रमुख अतिथिको रूपमा सहभागी हुँदै सम्बोधन गरेका थिए।

तालिमको उद्घाटनमा जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर बिश्वकर्मा,पुर्वअध्यक्ष प्रकाश डुम्रेले तालिमको सफलताको लागि शुभकामना मन्तव्य दिएका थिए ।

नेकपा स्याङ्जा सेक्रेटरी सागर सी, जनपत्रकार संगठन नेपालका सचिवालय सदस्य शोभराज बराल र केन्द्रिय सदस्य कमल सी अतिथि रहेका थिए । कार्यक्रममा केन्द्रिय सदस्य निरुता सीले स्वागत गरेकी थिईन भने ध्रुब गौडेलको अध्यक्षता गरेको कार्यक्रमलाई शिव डुम्रेले सञ्चालन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार