नेपाल कम्युनिस्ट पार्टी र श्रमिक जनता पार्टीबिच एकता!

डेली न्युजराप्ती       १८ बैशाख २०८० २१:०७ मा प्रकाशित     414 No Comments

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी र श्रमिक जनता पार्टी नेपाल बिचको एकता प्रक्रिया सम्पन्न भएको छ।१ सय ३४ औं अन्तरास्ट्रिय मजदुर दिवस तथा सहिद मित्रमणी दिवसको सन्दर्भमा आज काठमाडौको कमलादीस्थित प्रज्ञाभवनमा आयोजित एक कार्यक्रम मार्फत यी दुई कम्युनिस्ट पार्टीको एकिकरण प्रक्रिया सम्पन्न भएको हो।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको अध्यक्षता, प्रबक्ता प्रकाण्ड सीको सञ्चालन र नेकपा स्थायी समिति सदस्य सुशीलको स्वागत मन्तव्यसहित भएको कार्यक्रममा नेकपाको तर्फबाट महासचिव विप्लव र श्रमिक जनता पार्टीको तर्फबाट जीवन्तले संयुक्त हस्ताक्षरित बक्तब्यद्वारा पार्टी एकता घोषण सम्पन्न गरिएको जानकारी दिइएको छ।

दुई नेताद्वारा घोषित बक्तव्यमा बिचार , राजनीति , संगठन र कार्यदिशा लगायत देशको बिधमान परिस्थितिबारे समान धारणा रहेको उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार