अखिल (क्रान्तिकारी) दाङद्वारा सहिद स्मृति माविमा शुभकामना आदानप्रदान तथा खेलकुद कार्यक्रम

डेली न्युजराप्ती       १० मंसिर २०७९ १८:५२ मा प्रकाशित     263 No Comments

मंसिर १० , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) दाङले सहिद स्मृती मावी तुलसीपुरमा शुभकामना आदानप्रदान तथा खेलकुद कार्यक्रम सम्पन्न गरेको छ ।
अखिल (क्रान्तिकारी) दाङले पार्टीको नवौं पुनर्गठन दिवसको अवसरमा महान जनयुद्धमा सहादत प्राप्त गरेका सहिदका छोराछोरीले अध्ययन गरिरहेको बिधालय तुलसीपुर -१७ मानपुर स्थित सहिद स्मृती मावीमा शुभकामना आदानप्रदान तथा खेलकुद कार्यक्रम सम्पन्न गरेको हो ।

शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य एवम लुम्बिनी प्रदेश इन्चार्ज बिज्ञान सीले नेपालमा क्रान्ती सम्पन्न नभएको बताए । उनले भने – ‘प्रचण्ड-बाबुरामले नेपाली जनताको तागतमा जितेको जनयुद्धलाई सम्झौतामा लगेर ध्वस्त पार्ने काम गरे । हामिले नेपालम अधुरो क्रान्तिको कार्यभार पूरा गर्न एकीकृत जनक्रान्तीको कार्यदिशा सहित क्रान्तिको यात्रामा छौँ ।’

नेता बिज्ञानले अखिल (क्रान्तिकारी) सधै अग्रगामी परिवर्तनको पक्षमा रहने पनि बताएका थिए । उनले भने – ‘हामी परिवर्तन चाहान्छौ । तपाईं बिद्यार्थी भाइबहिनीहरु , सहिदका सन्ततिहरुलाइ बिश्वास दिलाउन चाहान्छौ कि हामी सहिदका सपना पूरा गरिछाड्ने छौँ । हामी आत्मसमर्पण गर्दैनौं बरु हासिहासी बलिदान दिन तयार छौँ । नेपालमा दलाल पुजीवादी संसदीय व्यवस्थाको अन्त्य गरि वैज्ञानिक समाजवाद स्थापना नगरेसम्म नेपाली जनताले मुक्ती प्राप्त गर्न सक्दैनन् । यो अन्तिम लडाइँ हो साथिहरु , हामी यो लडाइ कुनैपनी मूल्य चुकाएर लड्न तयार छौँ ।’

अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य एवम लुम्बिनी प्रदेश इन्चार्ज बिज्ञान सीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य हेमन्त प्रकाश , अखिल (क्रान्तिकारी) दाङ जिल्ला सदस्य खुम , संगठनका घोराही नगर कमिटी सदस्य विकाश , प्रशान्त र नविनको आतिथ्य रहेको थियो ।
संगठनका जिल्ला संयोजक खुमन सीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण संगठनका जिल्ला कमिटी सदस्य खुमले गरेका हुन ।
शुभकामना आदानप्रदान कार्यक्रममा जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य हेमन्त प्रकाश सीले मन्तव्य व्यक्त गरेका थिए ।

यस्तै अखिल (क्रान्तिकारी) दाङले मंसिर ८ गते पार्टी पुनर्गठन दिवसको अवसरमा आजै सहिद स्मृतिमा माविमा भलिबल प्रतियोगिताको आयोजना गरेको थियो ।
प्रतियोगितामा प्रथम , द्वितीय र तृतीय स्थान हासील गर्ने खेलाडी एवम टिमलाई संगठनले मेडल तथा प्रमाणपत्र प्रदाम गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार