काठमाडौं २०-मंसिर/ फिफा विश्व कप फुटबलमा आज अन्तिम-१६ का अन्तिम दुई वटा खेल हुँदैछन् । आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्विट्जरल्यान्डबीच खेल हुनेछ । आजको पहिलो खेलमा मोरक्को र स्पेन नेपाली समय अनुसार राति पौने ९ बजे खेल्नेछन् ।
मोरक्को समूह ‘एफ’ को विजेता र स्पेन समूह ‘ई’ को उपविजेताका रुपमा अन्तिम-१६ मा पुगेको हो । आज हुने अर्को खेलमा पोर्चुगल र स्विट्जरल्यान्ड खेल्दैछन् । नकआउट चरणको अन्तिम खेल राति पौने १ बजे सुरु हुनेछ । पोर्चुगल समूह ‘एच’ को विजेता र स्विट्जरल्यान्ड समूह ‘जी’ को उपविजेताका रुपमा अन्तिम-१६ मा पुगेको हो ।
आज बिहान भएको खेलमा ब्राजिल र गएरातिको खेलमा क्रोएसिया क्वाटरफाइनलमा प्रवेश गरेको छ । ब्राजिलले दक्षिण कोरियालाई ४-१ गोल र क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा हरायो ।
योसँगै क्वाटरफाइनलमा अब ब्राजिल र दक्षिण कोरिया, अर्जेन्टिना र नेदरल्यान्ड्स तथा इङ्ल्यान्ड र फ्रान्स खेल्ने तय भइसकेको छ । त्यस्तै क्वाटरफाइनलमा आज हुने अन्तिम-१६ का विजेता दुई टोली थपिनेछन् ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.