मंसिर २२ , कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) का पोलिटब्युरो सदस्य बसन्त घर्तीले समाजवाद प्राप्तिका लागि आफुहरु सुधारवादी बाटोबाट हिडेको र विप्लवहरु क्रान्तिकारी बाटोबाट अगाडि बढिरहेको बताउनुभएको हो ।
बुधबार कपिलवस्तुको शिवराजमा आयोजित विप्लवकि आदरणीय दिवंगत आमा आशिकादेवी चन्दको स्मृतिमा श्रद्धाञ्जली सभामा शोक मन्तव्यको क्रममा नेता घर्तीले यस्तो बताउनुभएको हो ।
उहाले भन्नुभयो – ‘हामीपनि समाजवाद चाहान्छौ तर हामी यहीँबाट हुन्छकी भनेर सुधारवादि बाटोबाट हिडेका छौं । विप्लवहरु वैज्ञानिक समाजवादका लागि क्रान्तिकारी बाटोबाट अगाडि बढिरहनुभएको छ । चुला फरक भएपनी , हामी सहयोद्दा हौं हाम्रो मन एउटै हो ।’
क्रान्तिको नया उदयीमान नेता विप्लव हो , उनले थपे ‘विप्लव मेरो राजनीतिक गुरुपनि हुनुहुन्छ । म उहाँकै कारणले माओवादी भएको हु । हामी माओवादी हिजो संगै लड्यौ ,वर्गसंघर्षमा संगसंगै अगाडि बढेका थियौ तर हाम्रो सपना पूरा भएको छैन । हामी आ-आफ्नो ठाउबाट लडेकै छौँ ,लडाइ जारी छ ।’
नेता घर्तीले दिवंगत आमा आशिकादेवीलाई स्मरण गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो भने सम्पुर्ण परिवारजनमा समवेदना व्यक्त गर्नुभएको थियो ।
श्रद्धाञ्जली सभामा दिवंगत आमा आशिकादेवीका जेष्ठ सुपुत्री तुलसा सी , माहिली छोरी लक्ष्मी सी , नेकपाका स्थायी कमिटी सदस्यहरु विषम सी , गोकुल सी , शिलु सी , भरत सी , नेकपाका सल्लाहकार समिती सदस्य दिर्घ सी , सम्पुर्ण वेपत्ता योद्धा परिवारको तर्फबाट आस्था सी , नेकपा (माओवादी केन्द्र ) का पोलिटब्युरो सदस्य तुलाराम घर्ती मगर (बसन्त) , नेपाली कांग्रेस जिल्ला उपसभापति हुमाकान्त खड्का , स्थानीय समाजसेवी पुर्व वडा अध्यक्ष जीवन , गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय अध्यक्ष जयन्द्र चन्द , दिवंगत चन्द्र बहादुर चन्दका जिवनसंगिनि राजकुमारी सी , माहिली बुहारी पुर्णिामा सी , कान्छी छोरी देवा सी ,दाङ क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य पदमा नवनिर्वाचित माओवादी केन्द्रकी नेतृ रेखा शर्मा , दामा शर्मा ,नेपाल सरकारका सहसचिव दिनेश रजौरिया , राप्रपाका केन्द्रीय सदस्य द्वय प्रकाश रजौरिया कृष्ण पौडेल ,लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य कृष्णध्वज खड्का , रोल्पा १(ख)बाट निर्वाचित स्वतन्त्र उम्मेदवार दिपेन्द्र पुन (सिजल), रोल्पाबाट वीर बहादुर खत्री (अपराजय), पाल्पाका समाजसेवि निरोज मास्के लगाएतको आतिथ्य रहेको थियो ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवका ममतामयी आमा आशिका देवी चन्दको स्मृतिमा भएको श्रद्धाञ्जली सभा कार्यक्रमकाे सञ्चालन पार्टीका पाेलिटब्युरो सदस्य ध्रुब सीले गरेका थिए ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.