नेकपाका प्रवक्ता प्रकाण्ड र राष्ट्रपति बीच भेटवार्ता , अध्यादेशको विषयमा छलफल!

डेली न्युजराप्ती       २७ मंसिर २०७९ २३:२७ मा प्रकाशित     308 No Comments

काठमाडौँ । राष्ट्रपति बिद्या भण्डारी र नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा प्रवक्ता प्रकाण्डबीच आज अपरान्ह शितल निवासमा भेटवार्ता भएको छ । सरकारले नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच भएको ३ बुँदे सहमति पूर्णरुपमा कार्यन्वयन गर्नका लागि मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ लाई संशोधन गर्न ‘मुलुकी फौजदारी कार्यविधि संहिता ‘पहिलो संशोधन’अध्यादेश, २०७९’ जारी गर्न राष्ट्रपति बिद्या भण्डारीसमक्ष पेश गरेपछि उक्त भेटवार्ता भएको हो । उक्त भेटवार्तामा सरकारले पेश गरेको मुलुकी फौजदारी कार्यविधि संहिता ‘पहिलो संशोधन’अध्यादेश, २०७९’ , देशको वार्तान स्थिति र हालै सम्पन्न संघ र प्रदेश सभाको निर्वाचनका बिषयमा गम्भीर छलफल भएको बताइएको छ।
२०७७ फाल्गुन २१ गते तत्कालिन के पी ओली नेतृत्वको सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच ३ बुँदे सहमति भएको थियो । जुन सहमतिमा दुवै पक्ष-नेपाल सरकार तथा नेपाल कम्युनिष्ट पार्टी, देशको राजनैतिक समस्याहरु वार्ता तथा संवादबाट समाधान गर्न , नैपाल कम्युनिष्ट पार्टी आफना सबै राजनैतिक क्रियाकलापहरु शान्तिपूर्णरुपमा संचालन गर्न र नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरुको रिहाई र संपूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको थियो ।
तत्कालिन के पी ओली नेतृत्वको सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको ३ बुँदे सहमति भएको झन्डै २ बर्ष पुग्न लाग्दा समेत पूर्णरुपमा कार्यान्वयनमा आएको छैन। यसैक्रममा सरकारले उक्त सहमति कार्यान्वयन गर्न अध्यादेश ल्याउनु देशलाई शान्ति र अग्रगमन तर्फ कार्य भएको राजनीतिकवृतमा चर्चा चलन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार