दाङ – शुक्रवार बेलुका बसले माेटरसाइकललाई ठक्कर दिदा मृत्यु भएकि किशोरीकाे पहिचान खुलेको छ।
मृत्यु हनेमा सल्यानकाे छत्रेश्वरी गाउँपालिका -४ कर्ने गाउँका नबराज शर्माकि १९ वर्षिय छाेरी सृजना शर्मा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले बताए।
शुक्रबार अपरान्ह ४ बजेतिर तुलसीपुरबाट घाेराही जाँदै गरेको रा १ ख २३७५ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको रा २ प ५२५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा माेटरसाइकलकाे पछाडि सवार सृजनाकाे मृत्यु भएको थियाे।
घोराही तुलसीपुर सडक खण्ड अन्तरगत पर्ने घोराही उपमहानगरपालिका -१६ सर्रा नजिकै दुर्घटना भएको र मृतक सृजनाकाे तत्काल पहिचान खुल्न सकेको थिएन।
मोटरसाइकल चालक दंगीशरण गाउँपालिका – ७ का १७ वर्षीय क्रिश खड्का घाइते भएको र उनकाे राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने बस र बस चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक गौतमले बताए। उनी ज्ञानज्याेती माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्यनरत थिइन्।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.