तुलसीपर, १२ माघ । तुलसीपरमा रोकिएको जग्गाको कित्ताकाट सुरु भएको छ । नयाँ भु–उपयोग नियमावली २०७९ अनुसार वडाले जग्गाको वर्गिकरण गरेपछि नगरका १५ वटा वडामा जग्गाको कित्ताकाट सुरु भएको हो । नगरका १५ वटा वडाले जग्गाको वर्गिकरण गरेर पठाएपछि गत मंसिर २३ गतेदेखि रोकिएको कित्ताकाट आजबाट शुरु भएको मालापोत कार्याल्य तुलसीपुरका प्रमुख कर्णबहादुर नेपालीले बताउनुभयो ।
उहाँका अनुसार जग्गाको वर्गिकरण नगरेका ३, १०, १२ र १४ वडाको भने कित्ताकाट रोकिएको छ । यद्यपी बाँकी चार वटा वडामा पनि करिब एक साताभित्र कित्ताकाट शुरु गर्न सकिने प्रमुख नेपालीले ताउनुभयो । भु–उपयोग नियमावली २०७९ अनुसार जग्गाको वर्गिकरण कृषि, आवास लगायत १० वटा क्षेत्रमा वर्गिकरण गर्नुपर्ने भएपनि तुलसीपुरमा अहिले तत्काल पहिलो चरणमा कृषि र गैह्रकृषि छुट्याएर कित्ताकाट खुल्ला गरिएको छ । अन्य पालिकाकाे कित्ताकाट भने भइरहेकाे थियाे ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.