२७ माघ ,काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय प्रकाशन तथा प्रचारप्रसार बिभागको दोस्रो बैठक आज सम्पन्न भएको छ।हालै सम्पन्न नेपाल कम्युनिस्ट पार्टी नवौं केन्द्रिय समितिको तेस्रो पुर्ण बैठकले लिएका प्रचारप्रसार तथा प्रकाशन सम्बन्धित लक्ष्य र निर्णयहरुको कार्यान्वयनबारे ठोस योजना तय गर्ने उदेश्यले बैठक सम्पन्न भएको हो।
नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एबम प्रकाशन तथा प्रचारप्रसार बिभाग इन्चार्ज अनिल शर्मा बिरहीको अध्यक्षतामा भएको बैठकमा प्रकाशन तथा प्रचार सम्बन्धि कामलाई आन्दोलनको आबश्यकता अनुसार बिकास गर्न र बैज्ञानिक समाजवादी क्रान्तिको महत्त्वपूर्ण माध्यमको रुपमा सञ्चार मोर्चालाई ब्यवस्थित गर्नुपर्ने भन्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले बिभागलाई निर्देशन दिएका छन।
बैठकले पार्टी प्रकाशनलाई व्यवस्थित गर्ने, मासिक रुपमा म्यागेजिन प्रकाशन गर्ने र जन पत्रीका डटकमलाई थप प्रभावकारी बनाउन बिभागका सदस्यहरूको कार्य बिभाजन समेत गरेको जानकारी श्रोतले दिएको छ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.