हेमन्त प्रकाश ओली ।
भदौ ६ , तुलसीपुर । दाङको तुलसीपुरमा सञ्चालित एक इन्टरप्राईजेजले लाखौं रकम ठगी गरेको खुलेको छ ।
तुलसीपुर – ५ आलुमण्डीमा करिव १ महिना सञ्चालन गरेर आलुमण्डी आसपासका स्थानीय व्यवसायीहरुबाट लाखौं रकम संकलन गरि सञ्चालक फरार भएको स्थानीयले बताएका छन् ।
इन्टरप्राईजेजका सञ्चालक एल.बी. पुन भनिने लोक बहादुर पुनले स्थानीय व्यापारी , व्यवसायी तथा अन्य बासिन्दाहरुबाट १० दिनमा पैसा दोब्बर हुने योजना हो भन्दै करिव ५ देखि ८ लाखसम्म स्थानीयहरुबाट मोटो रकम असुली गरि फरार रहेको पीडितहरुले बताएका छन् ।
इन्टरप्राईजेजबाट ठगिएका तुलसीपुर-५ आलुमण्डी बस्ने एकजनाले डेलिन्युजराप्तीसंग कुरा गर्दै भने– ‘दिनको १ हजार रुपैयाँ जम्मा गर्न भन्थे । मैले १० दिनसम्म हजारका दरले १० हजार लगानी गरेको छु । प्रत्येक दिन पैसा जम्मा गर्दा एकएक वटा मास्क दिने गर्दथे । म जस्ता सयौं मान्छे ठगिएका छन् । पैसा डबल हुन्छ भन्नेवित्तिकै लोभ लाग्यो र पैसा जम्मा गर्यौ तर पैसा दोब्बर हुनु त परै जावोस आफ्नो लगानी गरेको पैसा समेत फिर्ता दिएनन् र सञ्चालक अहिलेसम्म सम्पर्कमा छैनन्।’
इन्टरप्राईजेजले ‘नियमित ग्राहक बन्नुहोस नगद उपहार जित्नुहोस’ लक्की ड्र मार्फत पैसा दोब्बर हुने लगाएतका झुठा आश्वासन दिएर लाखौं रकम ठगी गरेको हो ।
स्थानीयका अनुसार इन्टरप्राईजेजका सञ्चालक एल.बी. पुनलाई साउनमा इलाका प्रहरी कार्यालयले पक्राउ समेत गरि एक दिन हिरासतमा समेत राखी छाडेको बताएका छन्।
ठगी गरेर फरार रहेका उक्त इन्टरप्राईजेजका सञ्चालक पक्राउको विषयमा बुझ्दा इप्रका तुलसीपुरका डिएसपी पुष्पराज मल्लले त्यस्तो नामको कुनै व्यक्तिलाइ पक्राउ नगरिएको बताएका छन् ।
ठगी गरि फरार भएका प्रभु इन्टरप्राईजेजका सञ्चालक एल.बी. पुनको स्थायी ठेगाना मुसिकोट नगरपालिका-११ भलाक्चा स्याबाङ रहेको बुझिएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.