अखिल नेपाल महिला संघ क्रान्तिकारी दाङको बैठक सम्पन्न

डेली न्युजराप्ती       ३१ श्रावण २०७८ १९:५३ मा प्रकाशित     542 No Comments


हेमन्त वली श्रावण-३१,घोराही।
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी दाङ जिल्ला सम्मेलन आयोजक समितिको प्रथम बैठक जिल्लाको घोराही उपमहानगरपालिकामा आइतबार सम्पन्न भएको छ।
प्रथम बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै बैठकका प्रमुख अतिथि नेकपा दाङ जिल्ला बिशेष कमिटी सदस्य सम्झनाले आन्दोलनमा महिला सहभागिताको बिरासतको रक्षा गर्दै अबको एकीकृत जनक्रान्तीमा पनि महिलाहरुको अहम भुमिका रहने बताइन।उनले जनयुद्धमा आफ्नो अधिकार प्राप्तिका लागि बन्दुक बोक्ने आट गर्ने साहसिक महिलाहरुले एकीकृत जनक्रान्तिको बाटोमा दलाल पुजीवादी सत्ताको जेल,नेल,दमन,हिरासतको प्रवाह नगरी निरन्तर क्रान्तिको पक्षमा अघि बढेको जिकिर गरिन।आधुनिक समाजमा महिलाहरुलाइ दलाल सत्ताले बिक्रि गर्ने बस्तुको रुपमा प्रयोग गरेको भन्दै संसदीय व्यवस्थाको चिहान खन्न एकपटक फेरि महिलाहरु बिद्रोह गर्न तयार रहनुपर्ने नेतृ सम्झनाको भनाइ थियो।
बैठकका अतिथि नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला सेक्रेटरी प्रदिपले पार्टीको आगामी कार्यनीति र राजनीतिक कार्यक्रमका बिसयमा प्रष्ट पारेका थिए।
जिल्ला सम्मेलन आयोजक समिति संयोजक रेखा रोकाको अध्यक्षता तथा संचालनमा बसेको बैठकमा नेकपा घोराही उपमहानगर इन्चार्ज तिलक,अखिल नेपाल महिला संघ क्रान्तिकारीकि केन्द्रीय सदस्य अशोकाको आतिथ्य रहेको थियो। बैठकले भदौ महिनाभरी पालिका र वडा स्तरका भेला/सम्मेलन गर्ने र असोजमा जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार