दाङमा किशोरीलाई शिक्षकले बलात्कार गरेको घटना हप्तादिन नबित्दै फेरि एक किशोरी बलात्कृत!

डेली न्युजराप्ती       २५ चैत्र २०७९ १६:३७ मा प्रकाशित     143 No Comments

तुलसीपुर । दाङमा एक किशोरी बलात्कृत भएको घटना सार्वजनिक भएको छ । सल्यानको छत्रेश्वरी गाउँपालिका –२ दमाचौर निवासी २१ वर्षका लक्ष्मण विकले तुलसीपुर –१८ स्थित डुरुवा खोलामा १६ वर्षकी एक किशोरीलाई रातको ८ बजे बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ ।

घटना चैत्र १६ गते भए पनि प्रहरीमा उजुरी बिहीबार आएपछि सल्यान प्रहरीलाई समेत खबर गरेर आरोपीको खोजी कार्यका जारी राखेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभयो । यस अघि पश्चिम दाङमा एक किशोरीलाई शिक्षकले बलात्कार गरेको घटना सार्वजनिक भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार