तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका १३ स्थित दुईवटा सामुदायिक वनमा लागेको शनिबारदेखि लागेको डढेलो आगलागी अझै नियन्त्रण आउन नसकेको स्थानीयले बताएका छन । आगो निभाउन धेरै कोसिस गरेपनि नसकिएको स्थानीयको भनाई रहेको छ । स्थानीय गोविन्द सुवेदीका अनुसार शनिबार पाथीभरा सामुदायिक बनबाट शुरु भएको आगलागी अहिले जनकल्याण सामुदायिक बनमा पुगेको छ ।
आगो करिव १५० हेक्टर जमिनमा सल्किएको अनुमान गरिएको उहाँले जानकारी दिनुभएको छ । स्थानीय सरकार तथा प्रहरीलाई खबर गरेर जानकारी गराए पनि कुनै चासो नदिएको स्थानीयले गुनासो गरेका छन । अब पनि आगलागी नियन्त्रणमा आउन नसके मानव बस्तीस्तरमा समेत जोखिम रहेको स्थानीयले बताएका छन । वन्यजन्तु सिकार गर्न गएकाले आगो सल्काएको हुन सक्ने स्थानीयको अनुमान छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.