तुलसीपुर । दाङमा श्रीमतीले गरेको बन्चरो प्रहारबाट श्रीमानको मृत्यु भएको छ । मृत्यु हुनेमा बंगलाचुली गाउँपालिका वडा नम्बर १ स्युजाका ६४ वर्षीय रेशम परियार रहेका छन् । उनकको श्रीमती५५ वर्षीय केशरादेवी दमाइको बन्चरो प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार आज बिहान ९ बजे घरायसी विवादका कारण श्रीमतीले टाउकोमा बन्चरो प्रहार गर्दा श्रीमानको घटनास्थलमै मृत्यु भएको बताएको छ । प्रहरीले बन्चरो प्रहार गर्ने श्रीमतीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.