भारतीय अतिक्रमण विरुद्ध नेता सुमनसिंहको अपिल ‘युवा बिदेश नजाउ , यहीँ बस् र देशको लागि लड’

डेली न्युजराप्ती       १६ जेष्ठ २०८० १९:१२ मा प्रकाशित     313 No Comments

हेमन्त प्रकाश ओली ।

जेष्ठ १६ , दाङ । नेकपाका केन्द्रीय सदस्य सुमनसिंह सीले युवाहरुलाइ बिदेश नजान अपिल गरेका छन् ।
आज सामाजिक संजाल फेसबुकमा एउटा छोटो स्टाटस लेख्दै नेता सुमनसिंहले यस्तो अपिल गरेका हुन् ।

भारतले केही दिनअघि उद्घाटन गरेको नयाँ संसद् भवनमा राखिएको ‘अखण्ड भारत’ को नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनीलाई समेटिएको फोटोसहितको उक्त स्टाटसमा नेता सुमनसिंहले नेपालीले एकपटक स्वाधीनताको महासंग्राम लड्ने बेला आएको बताएका छन्।

उनले फेसबुकमा लेखेका छन् – ‘अति गर्नु अत्याचार नगर्नु !
नेपालीले एकपटक स्वाधिनताको महासंग्राम लड्ने बेला आएको छ । भागेर बिदेश नजा युवा ,यहीँ बस र लड आफ्नो लागि , आफ्नो देशको लागि ।’

यस्तै यतिबेला ‘अखण्ड भारत’ को नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनीलाई समेटिएको फोटो सार्वजनिक भएपछि सामाजिक संजाल मार्फत भारतको चर्को बिरोध भइरहेको छ । प्रमुख प्रतिपक्ष दल , संसदभन्दा बाहिर रहेका दल , युवा , बिद्यार्थी लगाएत जनसमुदायले यतिबेला भारतको उक्त कदमको घोर बिरोध गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार