बर्दियामा संगठन सुदृढ तथा विस्तार अभियान तिब्र, २७ जना पुर्व जनमुक्ति सेनाले गरे नेकपामा प्रवेश

डेली न्युजराप्ती       ११ भाद्र २०७८ २२:०६ मा प्रकाशित     721 No Comments

रमेश प्याकुरेल,बर्दिया। नेपाल कम्युनिस्ट पार्टी बर्दियाले संगठन सुह्ढ तथा विस्तार अभियानलाई व्यापक बनाएको छ। अभियानका क्रममा पार्टी संगठन निर्माणसँगै पार्टी ध्रुवीकरणको लहर बढेको नेकपा बर्दियाले जनाएको छ।

बर्दियाको बासँगडी नगरपालिकामा संचालित अभियानको भव्य स्वागत एवम जनतामा व्यापक जनसम्बन्ध विस्तार गरेको छ। अभियानकै क्रममा विभिन्न पार्टी परित्याग गरि पुर्व जनमुक्ति सेनाका बटालियन भि.सी. , पलाटन कमान्डर , र कम्पनी कमान्डर कम्पनी भि.सी. लगाएत २ दर्जन क्रान्तिकारी योद्वाहरुले नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन। कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा बर्दिया जिल्ला इन्चार्ज दिपक चलाउने , पार्टीका जिल्ला सेक्रेटरी गणेश चौधरी, बासगँडी नगर इन्चार्ज शक्ति,बारबर्दिया नगर इन्चार्ज लोकेश राज जोशी , बडैयाताल नगर इन्चार्ज राजेन्द्र लगाएतका नेताहरुको सहभागीता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार