घोराही सिमेन्टको आईपीओ बिक्री खुला,प्रतिकित्ता ४३५ रुपैयाँ

डेली न्युजराप्ती       ३२ जेष्ठ २०८० ११:३० मा प्रकाशित     116 No Comments

काठमाडौँ। घोराही सिमेन्ट इन्डस्ट्रीको ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ बिक्री खुला भएको छ। कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आईपीओमा स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँडफाँड गरेपछि बाँकी रहेको ८ लाख ७४ हजार ३८२ कित्तासमेत थपिएको छ। यस आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ४३५ रुपैयाँ दरका आवेदन दिन पाइनेछ। जसमा कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थपेको छ।
यस आईपीओमा बिक्री प्रबन्धकको काम नबिल इन्भेस्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटल रहेका छन्। यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन पाउने छन्। यस आईपीओमा लगानीकर्ता असार ४ गतेसम्म आवेदन दिन पाउने छन्। तोकिएको समयमा आवश्यक मात्रामा आवेदन नपरेको खण्डमा असार १४ गतेसम्म आवेदन दिन पाउने कम्पनीले जनाएको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनले तोकेका शाखा र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार