श्रवण कुमार यादव। दाङ-१९, भाद्र। नेपाल कम्युनिष्ट पार्टी दाङले ऐतिहासिक नवौं जिल्ला सम्मेलनको अवसरमा र एकिकृत जनक्रान्तिका सहिद महान लगाएतको स्मृतिमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
रेडक्रस सोसाइटी घोराहीकाे प्राविधिक सहयोगमा पार्टीले आज आईतबार घोराहीमा उक्त कार्यक्रम सम्पन्न गरेको हो। नेकपा दाङले आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा करिब १५ जना नेता-कार्यकर्ताले रक्तदान गरेका छन् ।
जसमा रक्तदाता पदम चन्द, ससाँख सुवेदी, सविन पोख्रेल, हिमाल केसी, विजय चन्द, प्रकाश पुन, समिर डाँगी, जनक विक, शिशिर पुन मगर, सकुनसला पट्टेल, खुमन पौडेल, नरेश चन्द लगाएतका थिए। कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शीतल, नेकपाका केन्द्रीय सदस्य तथा सल्यान जिल्लाका इन्चार्ज सविन, रेडक्रस सोसाइटी घोराहीका प्रतिनिधि इच्छा बुढामगर, गोपी चौधरी, दिलीप चौधरी र रेडक्रस सोसाइटी दाङ शाखाका प्रमुख दिलीप न्यौपाने लगाएतका आतिथ्य रहेको थियो।
रक्तदान कार्यक्रमको सहजीकरण नेकपा नवौ दाङ जिल्ला सम्मेलन आयोजक कमिटीका संयोजक प्रदिपले गरेका थिए।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.