आँखा स्वास्थ्य उपचारमा तुलसीपुर उपमहागनरपालिका उत्कृष्ट

डेली न्युजराप्ती       १३ चैत्र २०७८ १९:४६ मा प्रकाशित     534 No Comments


१३ चैत,तुलसीपुर। आँखा स्वास्थ्य उपचारमा तुलसीपुर उपमहागनरपालिका उत्कृष्ट भएको छ । नेपालमै पहिलो पटक अन्धोपन निवारणमा उत्कृष्ट कार्य गरेको भन्दै तुलसीपुर उपमहानगरपालिकालाई काठमाण्डौ आज सम्मान गरिएको छ ।

४४ औं नेपाल नेत्रज्योति दिवसका अवसरमा अन्धोपन निवारणमा देशभरमा उत्कृष्ट कार्य गरेको भन्दै नगर प्रमुख घनश्याम पाण्डेलाई काठमाण्डौमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सम्मान गरेका हुन।

तुलसीपुर उपमहानगरपालिकाले उज्यालो तुलसीपुर कार्यक्रम अन्तर्गत नेपाल नेत्रज्योति संघ दाङको साझेदारीमा ३ सय बढीलाई उज्यालो संसार देखाएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार