विप्लवका युवाहरुद्वारा तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा सरसफाइ(फोटोफिचर)

डेली न्युजराप्ती       १ असार २०८० १६:१२ मा प्रकाशित     554 No Comments

हेमन्त प्रकाश ओली ।
असाढ १ , तुलसीपुर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल, जिल्ला समिति पश्चिम दाङको आयोजनामा अस्पतालमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको परिसरमा शुक्रबार युवा संगठनको टिमले सरसफाई गरेको हो ।

संगठनको केन्द्रीय कार्यक्रम अन्तर्गत देशभर एकैसाथ सरकारी संघ/संस्थाहरुमा सरसफाइ गरिएको युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज जिवनी सीले बताइन् । उनले भनिन् – ‘हामी रचनात्मक कार्यक्रम मार्फत अहिलेको राज्यसत्तालाई दबाब दिन यो कार्यक्रम गरेका हौं । यो सत्तालाई पनि सफा गर्नेबेला भइसक्यो । यो दलाल संसदीय व्यवस्था फोहोर डंगुरभन्दा कम छैन।’

यस्तै सरसफाइ कार्यक्रमपछि बोल्दै नेकपाका तुलसीपुर नगर इन्चार्ज भुवन सीले यो सरसफाइ सांकेतिक रुपमा अहिलेको असफलसिद्द संसदीय व्यवस्थाको सरसफाइ समेत भएको बताएका थिए । नेता भुवन सीले यो राज्यसत्ताले नेपाली जनतलाइ नक्कली शरणार्थी बनाएर बेच्न समेत पछि नपरेको भन्दै यसको विघटन गरि जनताले आफ्नो शासन व्यवस्था वैज्ञानिक समाजवाद स्थापनाका लागि एकीकृत जनक्रान्तिमा गोलबन्द हुनुपर्ने आवश्यकता रहेको बताए ।

यस्तै राप्ती प्रादेशिक अस्पतालका निमित्त मेसु डा.शिशिर पोख्रेलले राज्य संकटमा रहेको र सडकबाट राज्यलाइ खबरदारी गर्न संगठनलाई आग्रह गरेका थिए । उनले अस्पतालमामा सरसफाइ गरेकोप्रती संगठनलाई धन्यवाद समेत ज्ञापन गरेका हुन् ।
कार्यक्रमको सहजीकरण युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा दाङका इन्चार्ज सुदर्शनले गरेका थिए ।
सरसफाइ कार्यक्रममा करिव ५० जना युवाहरुको सहभागीता रहेको थियो ।

तस्वीरहरु:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार