विप्लवको बिद्यार्थी संगठनको चेतावनी:छात्रामाथी यौन दुर्व्यवहार गर्नेलाई कारवाही नगरे संघर्ष गर्छौं!

डेली न्युजराप्ती       ८ असार २०८० ०९:०९ मा प्रकाशित     573 No Comments

घोराही । छात्रामाथि यौन दुव्र्यवहार गर्ने पद्मोदय नमूना माध्यमिक विद्यालय घोराहीका प्रशासन प्रमुख मिनेश श्रेष्ठलाई विप्लव नेतृत्व नेकपा निकट अखिल (क्रान्तिकारी)ले कारवाहीको माग गरेको छ ।

संगठनका जिल्ला इन्चार्ज खुमन सी र पुर्व दाङका संयोजक दिपक सीको संयुक्त हस्ताक्षरमा बिहिवार जारी बिज्ञप्तिमा बिधालयमा कक्षा १० मा अध्यनरत छात्रामाथी अनैतीक दुखद यौन दुर्व्यवहारको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बिज्ञप्तिमा भनिएको छ– ‘ शिक्षाको ज्योती फैलाउने स्थानमा दिनहुँ हुने घटनाले समग्र बिद्यार्थीहरुको वर्तमान शैक्षिक जगतमा त्रास सिर्जना भएको छ ।’

यस्तै संगठनद्वारा जारी प्रेस बिज्ञप्तिमा उक्त घटनाको दोषीलाई कानुनी दायरमा ल्याइ हदैसम्मको कारवाही गरि पिडित बिद्यार्थी छात्रालाइ उचित न्याय दिन जोडदार माग गरिएको छ । अन्यथा संगठनले संघर्ष चर्काउने चेतावनीसमेत दिइएको छ ।

यता कक्षा १० मा अध्ययनरत १६ वर्षीया छात्रामाथि विद्यालयका प्रशासन प्रमुख मिनेश श्रेष्ठले विद्यालयमै यौन दुव्र्यवहार गरेको, साथीहरुलाई भने मारिदिने धम्की दिएको भन्दै दोषीमाथि कारवाहीको माग गर्दै विद्यार्थीहरुले घोराहीमा प्रदर्शन गरेका छन्। उनीहरुले विद्यार्थीमाथि दुव्र्यवहार गर्ने कर्मचारीमाथि कारवाहीको माग गरेका हुन् । पीडित छात्राले कर्मचारी मिनेशले आफूमाथि यौन दुव्र्यवहार गरेको भन्दै फेसबुकमा पोष्ट गरेपछि विद्यार्थीहरुले कारवाहीको माग गरेका हुन । तर विद्यालयका प्रशासन प्रमुख मिनेश श्रेष्ठले छात्रामाथि गलत नियतले व्यवहार नगरेको बताए । जिम्मेवारी अनुसार विद्यालयमै सम्झाउने काम गरेको उनले बताएका छन् ।

यसैगरी दोषीमाथि कारवाहीको माग गर्दै अनेरास्ववियु दाङ र अनेरास्ववियु छैठौंले बिहीबार नै विज्ञप्ति निकालेर विद्यार्थीमाथि दुव्र्यवहार गर्नेलाई कारवाहीको माग गरेका छन् । अनेरास्ववियु दाङका अध्यक्ष गोविन्द बस्नेत, इञ्चार्ज सर्जन परियार र अनेरास्ववियु छैठौंका अध्यक्ष सेवक भट्टराईले दोषीमाथि कारवाहीको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार