कृष्ण कँडेलसहितका कलाकारहरु नेकपाको आयोजनामा हुने श्रम उत्सवमा सहभागी हुने!

डेली न्युजराप्ती       १४ असार २०८० ०७:५० मा प्रकाशित     196 No Comments

काठमाडौ /विप्लव नेतृत्वको नेकपाद्धारा आयोजित असार १५ गतेदेखिको श्रम उत्सवमा भाग लिन ईन्द्रणी साँस्कृतिक परिवारका अध्यक्ष कृष्ण कडेल,कलाकार धनश्याम गौतम, माईला लामा, चिरन पुन लगायतको टोली असार १४ गते कपिलवस्तु जाने भएका छन।पार्टीलाई आत्मनिर्भर बनाउने उदेश्यले नेकपाको केन्द्रिय योजना अन्तर्गत हुने उत्पादन कार्यमा सहभागी हुन उनिहरु कपिलवस्तु जाने भएका हुन् ।

नेकपाका महासचिव विप्लव ,स्थायी समिति सदस्य उमा सी शिलु , र शुशिलले केन्द्रिय उत्पादन अन्तर्गत कपिलवस्तु जाने भएका छन् भने अनिल सी चितवन ,रणविर बर्दियामा रहेका उत्पादन केन्द्रहरुको नेतृत्व गर्नेछन् ।

कपिलवस्तुको श्रम उत्सवलाई एभिन्युज टेलिभिजन र कृष्ण कडेल नेतृत्वको ईन्द्रणी साँस्कृतिक परिवारले प्रत्यक्ष प्रसारण गर्नेछन् । त्यसैगरी चितवनमा हुने श्रम उत्सवको प्रत्यक्ष प्रसारण माडि एफ.एम र स्वदेश एफ.एम रेडियोले गर्नेछन् । नेकपाले १५ गतेबाट ७७ वटै जिल्लामा श्रम दिवस मनाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार