राप्रपाको महिला विभाग उपप्रमुखमा रेखा थापा नियुक्त,प्रमुखमा कसले पाइन जिम्मा?

डेली न्युजराप्ती       २९ असार २०८० १८:२६ मा प्रकाशित     351 No Comments

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महिला विभाग उपप्रमुखको जिम्मेवारी रेखा थापालाई दिएको छ। यस्तै, महिला विभाग प्रमुखको जिम्मेवारी कुन्तीकुमारी शाहीलाई दिइएको छ ।

प्रवक्ता मोहन श्रेष्ठको अनुसार पार्टीकी महामन्त्रीसमेत रहेकी शाहीलाई महिला विभाग प्रमुखको जिम्मेवारी दिइएको हो। अध्यक्ष राजेन्द्र लिङ्देनले महिला विभाग प्रमुख लगायतलाई मनोनयन पत्रसमेत दिइसकेका छन्। साथै सदस्य सचिवमा सवान्त थापा, सदस्यहरूमा सरस्वती लामा, नानु लामा नगरकोटी, बबिता शाही, इन्दिरा शाही र रिता कुँवरलाई जिम्मेवारी दिइएको राप्रपाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार