समाजवादी गणतन्त्रका लागि मोर्चा निर्माण गरेका हौं:प्रवक्ता प्रकाण्ड

डेली न्युजराप्ती       १० श्रावण २०८० २१:०८ मा प्रकाशित     142 No Comments

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य एवम् प्रवक्ता प्रकाण्ड सीले समाजवादी गणतन्त्र स्थापना गर्न मोर्चा गठन भएको ठोकुवा गरेका छन।

बुधबार बिहान हिमालय टेलिभिजनको समय सन्दर्भ कार्यक्रममा नेकपाका प्रवक्ता प्रकाण्ड सीले सो ठोकुवा गरेका हुन्।

प्रवक्ता प्रकाण्ड सीले १० बर्षे जनयुद्ध र १९ दिने जनअन्दोलनको उपलब्धिको रक्षा गर्दै समाजवादी मोर्चामार्फत समाजवादी गणतन्त्रको कार्यक्रम अगाडी सारेको बताए ।

उनले यति बेला राष्ट्र , राष्ट्रियता र जनजीविका इतिहासमै संकटग्रस्त अवस्थामा पुगेको ठोकुवा गर्दै यस संकटबाट राष्ट्र र जनतालाई मुक्त पार्न र देशमा समाजवादी गणतन्त्र स्थापना गर्न समाजवादी मोर्चा बनेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार